नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल चिकित्सक संघको दुई दिने चौथो राष्ट्रिय हेल्थ समिट आजबाट काठमाडौंमा शुरु भएको छ । बबरमहलस्थित कार्की व्याक्वेटमा भएको सम्मेलन शनिबारसम्म जारी रहने छ ।

नेपाल चिकित्सक संघले प्रत्येक वर्ष वार्षिक क्यालेण्डर इभेन्टको रुपमा आयोजना समिटको आयोजना गर्दै आएको छ ।
सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र अन्य मन्त्रालयहरु लगायत विभिन्न सरोकारवाला सरकारी तथा गैरसरकारी निकायहरुसँग छलफल गरी दिगो विकास लक्ष्यतर्फ अग्रसर हुन एकीकृत रणनीति बनाउने नेपाल चिकित्सक संघका महासचिव सञ्जिव तिवारीले जानकारी दिनुभयो ।
सम्मेलनमा प्रस्तुत गरिएका कार्यपत्र, छलफल र निचोडलाई एकीकृत गरी रणनीतिमूलक नीतिगत सुझाव गत बर्षझैं नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय लगायत देशभरका सरोकारवाला निकायमा सम्प्रेषण गरिने छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर २८, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

