नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल चिकित्सक संघको दुई दिने चौथो राष्ट्रिय हेल्थ समिट आजबाट काठमाडौंमा शुरु भएको छ । बबरमहलस्थित कार्की व्याक्वेटमा भएको सम्मेलन शनिबारसम्म जारी रहने छ ।

नेपाल चिकित्सक संघले प्रत्येक वर्ष वार्षिक क्यालेण्डर इभेन्टको रुपमा आयोजना समिटको आयोजना गर्दै आएको छ ।
सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र अन्य मन्त्रालयहरु लगायत विभिन्न सरोकारवाला सरकारी तथा गैरसरकारी निकायहरुसँग छलफल गरी दिगो विकास लक्ष्यतर्फ अग्रसर हुन एकीकृत रणनीति बनाउने नेपाल चिकित्सक संघका महासचिव सञ्जिव तिवारीले जानकारी दिनुभयो ।
सम्मेलनमा प्रस्तुत गरिएका कार्यपत्र, छलफल र निचोडलाई एकीकृत गरी रणनीतिमूलक नीतिगत सुझाव गत बर्षझैं नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय लगायत देशभरका सरोकारवाला निकायमा सम्प्रेषण गरिने छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर २८, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
बी एन्ड बी अस्पतालमा ‘एकेबी लिम्ब फिटिङ सेन्टर’ उद्घाटन
सोमबार, माघ १२, २०८२
छैठौँ एपोन फुटसल कप २०२६ को उपाधि एसियन फर्मास्युटिकल्सलाई
शनिबार, माघ ३, २०८२ट्रेन्डिङ



