
नेपाल हेल्थ न्युज, काठमाडौं । आज नेपाल नर्सिङ संघको २० औं केन्द्रीय कार्यसमितिको निर्वाचन शुरु भएको छ । देशभर २० ठाउँमा मतदान केन्द्र तोकिएको संघको मतदान प्रक्रिया विहान ७ बजे देखि शुरु भएको हो ।
संघको केन्द्रीय कार्यसमितिका लागि दुई प्यानल चुनावी मैदानमा छन् । संयुक्त प्रगतिशील समूहबाट चन्द्रकला शर्माले अध्यक्ष पदका लागि उम्मेदवारी दिनुभएको छ भने संयुक्त नर्सिङ पेशागत समूहबाट गंगाकुमारी थापाले अध्यक्ष पदकै लागि उम्मेदवारी दिनुभएको छ । त्यस्तै स्वतन्त्रबाट बसन्ती थापा पनि चुनावी मैदानमा हुनुहुन्छ ।
निर्वाचनमा नेपाल नर्सिङ संघका साधारण तथा आजीवन सदस्यहरूले मात्र मताधिकार प्रयोग गर्न पाउने छन् । हाल १५ हजार ५ सय २७ जना नर्सले नेपाल नर्सिङ संघको सदस्यता लिएका छन् । मतदान बेलुकी ५ बजेसम्म चल्ने छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर २८, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा क्षयरोगको भार उच्चः ६७ हजार नयाँ बिरामी, १६ हजारको मृत्यु
मंगलबार, चैत १०, २०८२
गिँजाको स्वास्थ्यमा नयाँ बहसः काठमाडौंमा अन्तर्राष्ट्रिय पेरियोडेन्टल सम्मेलन
आइतबार, चैत ८, २०८२
सुडानमा स्वास्थ्य संरचनामाथि आक्रमणः ६४ को मृत्यु, मृतकमध्ये १३ बालबालिका
आइतबार, चैत ८, २०८२
योनिमा हुने ब्याक्टेरियाले कसरी स्वास्थ्यमा सुधार ल्याउँछ
आइतबार, फागुन १७, २०८२
ठूला स्तनका कारण महिलाहरूले कस्ता समस्याहरूको सामना गर्छन् ?
शुक्रबार, फागुन १५, २०८२ट्रेन्डिङ
