नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल नर्सिङ संघको २० औं केन्द्रीय कार्य समितिको निर्वाचनमा संयुक्त प्रगतिशील समूहबाट प्रा.चन्द्रकला शर्माको टिमले जित हाँसिल गरेको छ । मंसिर २८ गते भएको निर्वाचनमा देशभर २० ठाउँमा मतदान केन्द्र तोकिएको थियो । संयुक्त नर्सिङ पेशागत समूहबाट गंंगाकुमारी थापा र स्वतन्त्रबाट बसन्ती थापाको टिम चुनावी मैदानमा उत्रिएको थियो ।

चन्द्रकला शर्माको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा प्रा. रमेश सुब्बा, उपाध्यक्षमा बबिता घिमिरे, महासचिवमा डा. देवकाकुमारी आचार्य, सचिवमा बेली पौडेल, कोषाध्यक्षमा तुलसा देवी अधिकारी रहनुभएको छ । यसैगरी सदस्यहरुमा खुला तर्फ मेनुका पोख्रेल, जनजातितर्फ हरिप्रसाद कोजु, आदिवासीबाट कला वस्याल गुरुङ्ग, दलितबाट कोपिला विश्वकर्मा, मधेशीबाट पासपति जयसवाल, मुस्लिमबाट सवेनाज वेगम, अनमीबाट जानुका मोक्तान र शान्तिकुमारी विश्वकर्मा चुनावी मैदानमा उत्रिनुभएको थियो । यो समुहबाट नेपाल नर्सिङ्ग परिषद सदस्यमा राधादेवी आचार्य, सुमिता पाठक र राजदेवी अधिकारीले उम्मेदवारी दिनुभएको थियो ।
अध्यक्ष पदमा प्रा.शर्माले २ हजार १५० मत प्राप्त गरेर विजयी हुनुभयो। उहाँको निकटतम प्रतिस्पर्धी गंगा थापाले १ हजार ३७० मत प्राप्त गर्नुभयो भने अर्की अध्यक्षकी स्वतन्त्र उम्मेदवार बसन्ती थापाले २८२ मत प्राप्त गर्नुभयो ।
यसैगरी, बरिष्ठ उपाध्यक्षमा शर्मा समूहका रमेश सुब्बाले २ हजार ६० मत प्राप्त गरेर निवार्चित हुनुभयो भने उनका प्रतिस्पर्धी कल्पना श्रेष्ठ जोशीले १५९७ मत मात्रै प्राप्त गर्नुभयो। उपाध्यक्षमा २०११ मत ल्याएर बबिता घिमिरेले जित हासिल गरेकी छिन्। उपाध्यक्षकी अर्की उम्मेदवार मनिसा कोइरालाको १५७० मत आएको छ।
महासचिवमा देवकुमारी आचार्य निवार्चित भएकी छिन्। आचार्यले १ हनार ७३३ मत ल्याउँदा उहाँको प्रतिस्पर्धी मिनाकुमारी कार्कीको १ हजार ३४७ र जानकी धामीको ६२२ मत आएको छ। सचिवमा २ हजार ९० मत सहित बेली पौडेलले जित हाँसिल गर्नुभयो। जया मिश्रको १ हजार ५७३ मत आएको छ।
कोषाध्यक्षमा तुलसादेवी अधिकारी २ हजार १८८ मत ल्याएर विजयी हुनुभएको छ। अर्की उम्मेदवार रमादेवी पहारीले १ हजार ४८२ मत ल्याएकी ल्याउनुभयो ।
संघमा १५ हजार ५ सय २७ नर्स सदस्य रहेका छन् ।
कसले कति मत प्राप्त गर्नुभयो ?

नेपालमा क्षयरोगको भार उच्चः ६७ हजार नयाँ बिरामी, १६ हजारको मृत्यु
मंगलबार, चैत १०, २०८२
गिँजाको स्वास्थ्यमा नयाँ बहसः काठमाडौंमा अन्तर्राष्ट्रिय पेरियोडेन्टल सम्मेलन
आइतबार, चैत ८, २०८२
सुडानमा स्वास्थ्य संरचनामाथि आक्रमणः ६४ को मृत्यु, मृतकमध्ये १३ बालबालिका
आइतबार, चैत ८, २०८२
योनिमा हुने ब्याक्टेरियाले कसरी स्वास्थ्यमा सुधार ल्याउँछ
आइतबार, फागुन १७, २०८२
