नेपाल हेल्थ न्युज, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) चिकित्सा शास्त्र अध्ययन संस्थान आईओएमको डीनमा वरिष्ठ न्युरो सर्जन प्रा.डा. मोहनराज शर्मालाई नियुक्त गरिएको छ । त्रिवि कार्यकारी बैठकले प्रा.डा शर्मालाई चार वर्षका लागि डीनमा नियुक्त गर्ने निर्णय गरेको हो ।

डीनका लागि नाम सिफारिस गर्न गठित समितिले सिफारिस गरेका तीन जनामध्ये कार्यकारी बैठकले २९ गते प्रा.डा. शर्मालाई डीनमा नियुक्त गरेको थियो । डीनका लागि डा.शर्मासहित प्रा.डा. दिव्या सिंह शाह र प्रा.डा. सुधा बस्नेतको नाम सिफारिस गरेको थियो।
आईओएमकी डिन प्रा.डा. दिव्या सिंह शाहको कार्यकाल गत असार ३ गते सकिएको थियो । उहाँलाई अर्को डीन नियुक्ती भएर नआउँदासम्म जिम्मेवारीमा रहेर काम गर्न भनिएको थियो ।
प्रकाशित मिति: आइतबार, मंसिर ३०, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ


