
नेपाल हेल्थ न्युज, काठमाडौँ । सातौं अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन जनकपुरमा हुने भएको छ। मार्च २१ र २२ हुने उक्त सम्मेलनमा विश्वका विभिन्न देशका क्यान्सर रोग विशेषज्ञहरुको सहभागिता रहनेछ।
सम्मेलनमा अमेरिका, भारत, बंगलादेश, नेपालका क्यान्सर रोग विशेषज्ञ र यसको उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी, नर्स र सरोकारवालाहरु सहभागी हुने आयोजक विनयतारा फाउन्डेसनले जनाएको छ।
सम्मेलनका निर्देशक तथा फाउन्डेसनका अध्यक्ष डा. विनय शाहका अनुसार पहिलो दिन नीतिगत बहश पनि हुनेछ। दोस्रो दिन रजिस्ट्रेसनका साथै बिहान ८ बजेदेखि सेसन सुरु हुनेछन्। सुरुमा ब्रेस्ट क्यान्सर, त्यसपछि लङ क्यान्सर, जीआई अन्कोलोजी, सपोर्टिभ केयर, जीयु अन्कोलोजी, गाइनोक्लोजिक क्यान्सर, हेमाटोलोजिकल मेलिङन्यान्सिज र अब्स्ट्र्याक्ट पोस्टर सेसन हुने फाउन्डेसनले जनाएको छ।
विनयतारा फाउन्डेसन अमेरिकामा दर्ता भएको गैर नाफामुखी संस्था हो । फाउन्डेसनले स्वास्थ्य सेवामा न्युन पहुँच भएको दक्षिण एशियाका विभिन्न क्षेत्रमा काम गरिरहेको छ। बोनम्यारो प्रत्यारोपण केन्द्र, होम हस्पिस कार्यक्रम, क्यान्सर स्क्रिनिङ, स्रोतसाधन नपुगेका समुदायका लागि चिकित्सा अनुसन्धान अनुदान जस्ता कुरामा यसले सहयोग गरिरहेको छ।
फाउन्डेसनले अमेरिका क्यान्सर सम्मेलन, कन्टिन्यु मेडिकल एजुकेसन (सीएमई) गर्नुका साथै अनलाइन क्यान्सर सीएमई एप अन्कोब्लास्ट समेत सार्वजनिक गरेको छ।
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३


