
नेपाल हेल्थ न्युज, नेपालगन्ज । नेपालगन्जस्थित फत्तेबाल आँखा अस्पतालमा १५६ जनाको आँखामा नानी प्रत्यारोपण गरिएको छ ।
गत जुलाईबाट मात्र कर्निया सर्जरी सुरु भएको यस अस्पतालमा मङ्सिर मसान्तसम्म १५६ जनालाई नानी प्रत्यारोपण सेवा प्रदान गरिएको अस्पतालका कर्निया विशेषज्ञ (आँखाको नानी रोग विशेषज्ञ) डा.राजशी श्रेष्ठले जानकारी दिनुभयो ।
डा.श्रेष्ठका अनुसार आँखाको प्रकृति अनुसार २२ हजारदेखि ३३ हजार रुपैयाँसम्म शुल्क लिएर आँखाको नानी प्रत्यारोपण हुँदै आएको छ । उहाँले १० देखि ८० वर्ष उमेरसम्मका व्यक्तिको आँखाको नानी प्रत्यारोपण गरिएको समेत जानकारी दिनुभयो । प्रत्यारोपण भने जुनसुकै उमेर समूहका व्यक्तिमा गर्न सकिने उहाँले बताउनुभयो ।
काठमाडौँस्थित तिलगंगा आँखा प्रतिष्ठानमा मात्र आई बैङ्क सञ्चालनमा रहेका कारण तिलगंगा आँखा अस्पतालबाट आँखाको नानी ल्याएर अस्पतालमा सफलतापूर्वक प्रत्यारोपण सेवा प्रदान भइरहेको छ । यसअघि नेपालगन्जमा कर्नियाको सर्जरी सेवा थिएन । फत्तेबाल आँखा अस्पतालमा डा.राजशीले यो सेवाको सुरुवात गर्नुभएको हो ।
प्रकाशित मिति: मंगलबार, पुस २, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा. दास र डा. पोखरेललाई
मंगलबार, जेठ २६, २०८३
विश्व मस्तिष्क ट्यूमर दिवस २०२६, मस्तिष्क ट्यूमरबारे भ्रम र यथार्थ
सोमबार, जेठ २५, २०८३
युरिक एसिड गाउटका बिरामीमा मेटाबोलिक सिन्ड्रोम र कलेजो रोगको उच्च जोखिम
शुक्रबार, जेठ २२, २०८३ट्रेन्डिङ

