नेपाल हेल्थ न्युज, काठमाडौं । वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. राजेन्द्रप्रसाद बराल शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा सञ्चालक समिति सदस्यमा नियुक्त हुनुभएको छ । उहाँसँगै भोजपुरका समाजसेवी भनिएका दीपकराज सापकोटालाई पनि केन्द्रको सञ्चालक समितिमा नियुक्त गरिएको छ । पुष १ गतेको मन्त्रीपरिषद् बैठकले डा. बराल र सापकोटालाई केन्द्रको सञ्चालक समिति सदस्यमा नियुक्त गरेको हो ।

केन्द्रको सदस्यमा नियुक्त भएपछि नेपाल हेल्थ न्युजसँग प्रतिक्रिया दिँदै डा. बरालले भन्नुभयो—‘म क्यान्सर उपचारमा बिजी मान्छे । मन्त्री जीले नै रिक्वेष्ट गरेपछि मैले नाइँ भन्न सकिनँ ।’
उहाँले थप्नुभयो—‘प्रशासन डाइरेक्टर पनि भइसकेको हुनाले अलिकति आइडिया छ नि त । त्यही हिसाबले होला ।’
सञ्चालक समितिमा कति जना सदस्य हुन्छन् भन्ने प्रश्नमा डा. बरालले अनभिज्ञता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो—‘यसबारे मलाई केही पनि थाहा छैन ।’
यहाँ क्यान्सर विशेषज्ञ भएकाले मुटुसम्बन्धि अस्पतालमा त अन्यौल होला नि भन्ने प्रश्नमा डा. बरालले भन्नुभयो—‘त्यहाँ मैले उपचार गर्ने त होइन नि । बोर्ड सदस्यमा बसेर गंगालाललाई माथि लाने हो । म रोटरीमा पनि भएकाले रोटरीको पनि सहयोग माग्छन् उनीहरुले । त्यसैबाट सहयोग गर्नुपर्ला । पहिला रोटरीले ४० लाख मूल्य बराबरको सामान सहयोग गरेको थियो ।’
डा. बराल विगत ३० वर्षभन्दा बढी समयदेखि क्यान्सरको उपचार गर्दै आउनुभएको छ । डा. बराल भक्तपुर क्यान्सर हस्पिटलको डाइरेक्टरसम्म हुनुभयो । उहाँले भक्तपुर क्यान्सर हस्पिटलमा २२ वर्षसम्म सेवा गर्नुभएको छ । हाल उहाँ विभिन्न निजी अस्पतालहरुमा अभ्यासरत हुनुहुन्छ ।
शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा १२ जना सञ्चालक समिति सदस्य रहने व्यवस्था छ । केन्द्रमा स्वास्थ्य मन्त्री अध्यक्ष हुने व्यवस्था छ ।
नेपालमा क्षयरोगको भार उच्चः ६७ हजार नयाँ बिरामी, १६ हजारको मृत्यु
मंगलबार, चैत १०, २०८२
गिँजाको स्वास्थ्यमा नयाँ बहसः काठमाडौंमा अन्तर्राष्ट्रिय पेरियोडेन्टल सम्मेलन
आइतबार, चैत ८, २०८२
सुडानमा स्वास्थ्य संरचनामाथि आक्रमणः ६४ को मृत्यु, मृतकमध्ये १३ बालबालिका
आइतबार, चैत ८, २०८२
योनिमा हुने ब्याक्टेरियाले कसरी स्वास्थ्यमा सुधार ल्याउँछ
आइतबार, फागुन १७, २०८२
