
नेपाल हेल्थ न्युज, काठमाडौँ । आजदेखि औषधि पसलमा बस्ने फार्मासिस्टका लागि पोशाक अनिवार्य गरिएको छ ।
नेपाल फार्मेसी परिषद्ले आज देखि ड्रेस कोड अनिवार्य रुपमा लगाउनुपर्ने व्यवस्था गरेको हो । परिषद्ले एक महिना अघि यस सम्वन्धि निर्णय गरेको थियो । त्यसको कार्यान्वयन एक महिना पछि ४ पुस गतेदेखि हुने बताएको थियो ।
परिषद्का अनुसार ड्रेस कोडमा अब फार्मेसीको औषधि डिस्पेन्सिङमा बस्ने फर्मासिस्टले सेतो एप्रोनको बायाँ तर्फ माथिल्लो खल्ती माथि हरियो पृष्ठभूमिमा सेतो रंङको अक्षरमा नाम, पद र परिषद् दर्ता नम्बर उल्लेख भएको नेम ट्याग राख्नु पर्नेछ ।
यस्तै फार्मेसी सहायकले सेतो एप्रोनको बायाँ तर्फ माथिल्लो भागमा रहेको खल्ती माथि निलो पृष्ठभूमिमा सेतो रङको अक्षरमा नाम पद र परिषद् दर्ता नम्बर उल्लेख गर्नुपर्नेछ ।
प्रकाशित मिति: बिहीबार, पुस ४, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ


