नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल आहारपुरक सौन्दर्यवद्धक संघ (एनएनसिए) का केन्दीय अध्यक्ष विप्लव रञ्जितले केन्द्रीय समितिमा दुई जना सदस्य मनोनीत गर्नुभएको छ ।

व्यवसायी दिपक पाण्डेय र प्रबिन क्षेत्रीलाई अध्यक्ष रञ्जितले केन्द्रीय सदस्यमा मनोनीत गर्नुभएको हो ।
अध्यक्ष रञ्जितले ‘उत्कृष्ट जीवनको लागि उत्तम पोषण’ भन्ने उद्देश्यका साथ स्थापना भएको संघले सुरक्षित मर्यादित र अनुशासित व्यवसाय सञ्चालनका लागि सम्पूर्ण व्यवसायीहरुलाई एकत्रित गर्ने बताउनुभयो ।

एनएनसिए मुलुकभर रहेका ६ सय भन्दा बढी न्युट्रास्युटिकल र कस्मास्युटिकल सामाग्रीहरुको आयात र बजारीकरण गर्ने व्यवसायीहरुको साझा हो । काठमाडौंको एभरेष्ट होटलमा गत असोज १२ गते भएको संघको प्रथम केन्द्रिय महाधिवेशनले विप्लव रञ्जितको अध्यक्षतामा १५ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको थियो।
नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा सुशान्त मुररका, उपाध्यक्षमा विनोद विष्ट र डा.चन्दन न्यौपाने, महासचिवमा सुरज पौडेल, कोषाध्यक्षमा परशुराम भट्टराई, सचिवमा श्यामसुन्दर श्रेष्ठ, सहकोषाध्यक्षमा अनिल थापा निर्वाचित हुनुभएको छ । संघको सदस्यहरुमा विजय मिश्र, रैनक अग्रवाल, अजय कुमार, सुदिप राज सुवेदी, चिरञ्जिवी अधिकारी, पूर्ण कुँवर, शैलेन्द्र कुमार सिंह निर्वाचित हुनुभएको थियो ।
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२
