नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल आहारपुरक सौन्दर्यवद्धक संघ (एनएनसिए) का केन्दीय अध्यक्ष विप्लव रञ्जितले केन्द्रीय समितिमा दुई जना सदस्य मनोनीत गर्नुभएको छ ।

व्यवसायी दिपक पाण्डेय र प्रबिन क्षेत्रीलाई अध्यक्ष रञ्जितले केन्द्रीय सदस्यमा मनोनीत गर्नुभएको हो ।
अध्यक्ष रञ्जितले ‘उत्कृष्ट जीवनको लागि उत्तम पोषण’ भन्ने उद्देश्यका साथ स्थापना भएको संघले सुरक्षित मर्यादित र अनुशासित व्यवसाय सञ्चालनका लागि सम्पूर्ण व्यवसायीहरुलाई एकत्रित गर्ने बताउनुभयो ।

एनएनसिए मुलुकभर रहेका ६ सय भन्दा बढी न्युट्रास्युटिकल र कस्मास्युटिकल सामाग्रीहरुको आयात र बजारीकरण गर्ने व्यवसायीहरुको साझा हो । काठमाडौंको एभरेष्ट होटलमा गत असोज १२ गते भएको संघको प्रथम केन्द्रिय महाधिवेशनले विप्लव रञ्जितको अध्यक्षतामा १५ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको थियो।
नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा सुशान्त मुररका, उपाध्यक्षमा विनोद विष्ट र डा.चन्दन न्यौपाने, महासचिवमा सुरज पौडेल, कोषाध्यक्षमा परशुराम भट्टराई, सचिवमा श्यामसुन्दर श्रेष्ठ, सहकोषाध्यक्षमा अनिल थापा निर्वाचित हुनुभएको छ । संघको सदस्यहरुमा विजय मिश्र, रैनक अग्रवाल, अजय कुमार, सुदिप राज सुवेदी, चिरञ्जिवी अधिकारी, पूर्ण कुँवर, शैलेन्द्र कुमार सिंह निर्वाचित हुनुभएको थियो ।
योनिमा हुने ब्याक्टेरियाले कसरी स्वास्थ्यमा सुधार ल्याउँछ
आइतबार, फागुन १७, २०८२
ठूला स्तनका कारण महिलाहरूले कस्ता समस्याहरूको सामना गर्छन् ?
शुक्रबार, फागुन १५, २०८२
चुनावी घोषणापत्रमा स्वास्थ्यको होडः कागजमै सीमित नहोस् स्वास्थ्यका सपना
बिहीबार, फागुन ७, २०८२
विश्व क्यान्सर दिवसमा भक्तपुर क्यान्सर अस्पतालको जनचेतना र क्यान्सर जाँच अभियान
बुधबार, माघ २१, २०८२
