नेपाल हेल्थ न्युज, कामठमाडौं । नेपाल फिजियोथेरापी संघमा समिद कुमार कतिला श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा श्याम सुन्दर यादव, महिला उपाध्यक्षमा डा. मञ्जु ज्ञवाली, महासचिवमा सुवर्ण थापा क्षेत्री, सचिवमा ज्यानेन्द्र झा, कोषाध्यक्षमा सुजित कुमार यादव र सह – कोषाध्यक्षमा ओम प्रकाश शाह चयन हुनुभएको छ । यसैगरी संघको सदस्यहरूमा सौगात श्रेष्ठ, उज्वल डोटेल, तेन्जिङ नोर्बु लामा, धीरज श्रेष्ठ, उमाशंकर शाह, सृजना लुइँटेल (महिला), कौशल दाश (जनजातितर्फ) र नबिन कुमार जैसवाल (मधेशी कोटा) निर्वाचित हुनुभएको छ ।
कार्यसमितिको कार्यकाल ३ वर्षको रहनेछ । साथै संघको राष्ट्रिय परिषद सदस्यहरूमा नवीन सापकोटा, सुजित झा, सकुना दानी, जयराम महर्जन र अविनाश लम्साल रहनुभएको छ । संघको यस अघिको अध्यक्षमा लक्ष्मण अधिकारी हुनुहुन्थ्यो ।
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा. दास र डा. पोखरेललाई
मंगलबार, जेठ २६, २०८३
विश्व मस्तिष्क ट्यूमर दिवस २०२६, मस्तिष्क ट्यूमरबारे भ्रम र यथार्थ
सोमबार, जेठ २५, २०८३


