
नेपाल हेल्थ न्युज, काठमाडौँ । नार्गाजुन नगरपालिका भीमढुङ्गाकी स्मृति मगरातीको दुवै मिर्गौलाले काम गर्न छाडेको वर्षौँ भइसकेको छ । छब्बिस वर्षीया स्मृति हप्ताको तीन दिन आमा सावित्री मगरातीको सहयोगमा बनस्थलीस्थित राष्ट्रिय मिर्गौला केन्द्रको डायलसिस कक्षमा छिर्छिन् र चार–पाँच घण्टापछि बाहिरिन्छन् ।
शारीरिक रूपमा उनी हिँडडुल गर्न सक्दिनन् । विगत १० वर्षदेखि उनी डायलसिसको सहारामा बाँचिरहेकी छिन् । उनकी आमा सावित्री प्रश्न गर्दछिन्, “हामीलाई थाहा नै छैन । तर यो दुःख बाँड्ने कोही भइदिए बोझ अलि कम हुन्थ्यो कि ।” सावित्रीको भनाइमा उनको परिवारले स्मृतिको उपचारमा धेरै खर्च गरिसकेको छ । अलि अलि भएको जायजेथा पनि बेचिसक्यो । यो परिवारले मिर्गौला प्रत्यारोपण कल्पना पनि गर्न सक्दैन । एक त दाता नै छैन । अर्को पैसा छैन । तर डायसिसको सहयोगले छोरीले आयु लम्ब्याउन चाहन्छ । राज्यले डायलसिस निःशुल्क गरेको छ । तर त्यससँग जोडिएका खर्चहरू थेगी नसक्नु छ ।
नियमित गर्नुपर्ने चेकजाँच यातायात खर्च (आठ किलोमिटर एकतर्फी) अन्य आयआर्जन काम गर्न नसक्ने अवस्था, आकस्मिक स्वास्थ्य समस्या आइपर्दा लाग्ने खर्च जस्ता कारणले परिवार आर्थिक चरम सङ्कटमा गुज्रेको सावित्री बताउँछिन् । उनी कसैको सहयोग पाए जीवनजीउन अलि सहज हुन्थ्यो की भन्ने लाग्छ उनीलाई । स्मृति अहिले टिबी र जन्डिसको दोहोरो सङ्क्रमणले थलिएकी छिन् । उनी र उनको परिवारलाई देश–विदेशमा रहनुहुने सम्पूर्ण नेपाली तथा अन्य समुदायलाई सहयोगको अपिल गरेका छन् ।
सहयोग गर्ने चाहने व्यक्तिले स्मृति मगराति, ग्लोबल आइएमइ बैंक, नागार्जन शाखा, खाता नं १६३०७०१००१४१००० र सम्पर्क नम्बर ९८६६४०७६६६ मा सम्पर्क गर्न सकिन्छ ।
नेपालमा क्षयरोगको भार उच्चः ६७ हजार नयाँ बिरामी, १६ हजारको मृत्यु
मंगलबार, चैत १०, २०८२
गिँजाको स्वास्थ्यमा नयाँ बहसः काठमाडौंमा अन्तर्राष्ट्रिय पेरियोडेन्टल सम्मेलन
आइतबार, चैत ८, २०८२
सुडानमा स्वास्थ्य संरचनामाथि आक्रमणः ६४ को मृत्यु, मृतकमध्ये १३ बालबालिका
आइतबार, चैत ८, २०८२
योनिमा हुने ब्याक्टेरियाले कसरी स्वास्थ्यमा सुधार ल्याउँछ
आइतबार, फागुन १७, २०८२
