नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य मन्त्री प्रदिप पौडेलले जेनेरिक औषधि सिफारिसका लागि पाँच सदस्यीय जेनेरिक औषधि सुझाव समिति गठन गर्नुभएको छ ।

मन्त्री पौडेलले औषधी व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालको संयोजकत्वमा जेनेरिक औषधी सुझाव समिति गठन गर्नुभएको हो ।
सो समितिमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक प्रा.डा. रवि शाक्य, धुलिखेल अस्पतालका निर्देशक प्रा.डा. बलराम मल्ल, नेपाल मेडिकल काउन्सिल र नेपाल मेडिकल एसोसिएशनबाट एक एक जना प्रतिनिधि रहेका छन् । समितिको सदस्य सचिवमा स्वास्थ्य मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाका वरिष्ठ व्यवस्थापक उषा तण्डुकार रहनुभएको छ ।
समितिलाई चिकित्सक तथा स्वास्थ्यकर्मीले औषधीको सिफारिस र्गा अनिवार्य जेनेरिक नाम लेख्न सरल ढाँचासहितको कार्यविधि तर्जुमा गर्न कार्यादेश दिइएको छ । यसैगरी अन्य अस्पतालहरुमा जेनेरिक औषधीको नाम लेख्न गरिएका अभ्यास अध्ययन गरी एक महिनाभित्र प्रतिवेदन बुुझाउन समेत भनिएको छ ।
२०७५ सालमा जारी भएको जनस्वास्थ्य ऐनको दफा २९ मा चिकित्सकहरुले औषधी प्रेस्काइव गर्दा जेनेरिक नाममा गर्नुपर्ने उल्लेख छ ।
योनिमा हुने ब्याक्टेरियाले कसरी स्वास्थ्यमा सुधार ल्याउँछ
आइतबार, फागुन १७, २०८२
ठूला स्तनका कारण महिलाहरूले कस्ता समस्याहरूको सामना गर्छन् ?
शुक्रबार, फागुन १५, २०८२
चुनावी घोषणापत्रमा स्वास्थ्यको होडः कागजमै सीमित नहोस् स्वास्थ्यका सपना
बिहीबार, फागुन ७, २०८२
विश्व क्यान्सर दिवसमा भक्तपुर क्यान्सर अस्पतालको जनचेतना र क्यान्सर जाँच अभियान
बुधबार, माघ २१, २०८२
