
नेपाल हेल्थ न्युज, डडेल्धुरा । डडेल्धुरामा ७ हजार ५सय बढी किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्ध लगाइने एचपिभी खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालय डडेल्धुराका अनुसार यही माघ २२ गते देखि फागुन ६ गते सम्म किशोरीहरूलाई एचपिभी खोप लगाउने भएको हो ।
कार्यालयका प्रमुख केशर साउँदले कक्षा ६ देखि १० सम्मका विद्यालयहरूमा खोप केन्द्र बनाई उक्त खोप लगाइने बताउनु भयो । १० देखि १४ वर्ष उमेर सम्मका किशोरीहरू विद्यालय नजाने भएमा नजिकैको स्वास्थ्य संस्था मार्फत पनि खोप दिइने प्रमुख साउँदले जानकारी दिनुभयो ।
डडेल्धुरामा गत वर्ष ३सय ७५ जनालाई उक्त खोप लगाइएको स्वास्थ्य कार्यालयले जनाएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आर्थिक वर्ष २०८१र८२ देखि एचपिभी खोपलाई नियमित सेवामा समावेश गरेको छ ।
नेपाली महिलाहरूमा हुने विभिन्न क्यान्सर मध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो स्थानमा रहेको छ भने क्यान्सरका कारण हुने मृत्युमा पहिलो कारणका रुपमा रहेको छ ।
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२
