
नेपाल हेल्थ न्युज, डडेल्धुरा । डडेल्धुरामा ७ हजार ५सय बढी किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्ध लगाइने एचपिभी खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालय डडेल्धुराका अनुसार यही माघ २२ गते देखि फागुन ६ गते सम्म किशोरीहरूलाई एचपिभी खोप लगाउने भएको हो ।
कार्यालयका प्रमुख केशर साउँदले कक्षा ६ देखि १० सम्मका विद्यालयहरूमा खोप केन्द्र बनाई उक्त खोप लगाइने बताउनु भयो । १० देखि १४ वर्ष उमेर सम्मका किशोरीहरू विद्यालय नजाने भएमा नजिकैको स्वास्थ्य संस्था मार्फत पनि खोप दिइने प्रमुख साउँदले जानकारी दिनुभयो ।
डडेल्धुरामा गत वर्ष ३सय ७५ जनालाई उक्त खोप लगाइएको स्वास्थ्य कार्यालयले जनाएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आर्थिक वर्ष २०८१र८२ देखि एचपिभी खोपलाई नियमित सेवामा समावेश गरेको छ ।
नेपाली महिलाहरूमा हुने विभिन्न क्यान्सर मध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो स्थानमा रहेको छ भने क्यान्सरका कारण हुने मृत्युमा पहिलो कारणका रुपमा रहेको छ ।
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

