
नेपाल हेल्थ न्युज, कलकत्ता । कलकत्ताको आरजी कार अस्पतालकी प्रशिक्षार्थी महिला चिकित्सकको बलात्कारपछि हत्या गरेको अभियोगमा अभियुक्त सञ्जय रोयलाई अदालतले जन्मकैदको फैसला सुनाएको छ ।
अदालतले शनिबार सञ्जय रोयलाई यस मुद्दामा दोषी ठहर गरेको थियो। गत वर्ष अगस्टमा भएको यो घटनाले पश्चिम बंगालमा जनआक्रोश बढाएको थियो।
अगस्ट ९, २०२४ मा ३१ वर्षीया महिला प्रशिक्षार्थी डाक्टरको शव अस्पतालको सम्मेलन कक्षमा फेला परेको थियो । अनुसन्धानमा डाक्टरको पहिले बलात्कार र त्यसपछि हत्या भएको खुलेको छ ।
यस घटनापछि कोलकातामा प्रदर्शन चर्किएको थियो । राज्यमा दुई महिनाभन्दा बढी समयसम्म स्वास्थ्य सेवा ठप्प भएको थियो ।
जनवरी १८ मा कोलकाताको सियालदह अदालतले यस मुद्दामा फैसला सुनाएको थियो ।
फैसला सुनाउँदै अदालतका विशेष न्यायाधीश अनिर्बान दासले सीबीआईले पेश गरेको यौन शोषण र बलात्कारको प्रमाणले उनीहरुको अपराध प्रमाणित भएको बताउनुभयो ।
अदालतले सञ्जय रोयलाई भारतीय न्यायिक संहिताको धारा ६४ र १०३ (१) अन्तर्गत दोषी ठहर गरेको थियो। बीबीसी
योनिमा हुने ब्याक्टेरियाले कसरी स्वास्थ्यमा सुधार ल्याउँछ
आइतबार, फागुन १७, २०८२
ठूला स्तनका कारण महिलाहरूले कस्ता समस्याहरूको सामना गर्छन् ?
शुक्रबार, फागुन १५, २०८२
चुनावी घोषणापत्रमा स्वास्थ्यको होडः कागजमै सीमित नहोस् स्वास्थ्यका सपना
बिहीबार, फागुन ७, २०८२
विश्व क्यान्सर दिवसमा भक्तपुर क्यान्सर अस्पतालको जनचेतना र क्यान्सर जाँच अभियान
बुधबार, माघ २१, २०८२
