
नेपाल हेल्थ न्युज, बलेवा । यहाँको निसीखोला गाउँपालिका–२ कान्लेचौरका आमा समूहमा ३० देखि ३५ वर्ष उमेर समूहका आमाहरु आबद्ध छन् । उनीहरु गाउँमा बालविवाह न्यूनीकरण, महिलाको स्वास्थ्यलगायत विषयमा नियमित छलफल गर्छन् ।
यस आमा समूहमा आबद्ध अधिकांशले १६ देखि १८ वर्षमा विवाह गरेका हुन् । बालविवाह गरेका उनीहरुले आगामी दिनमा अरूले बालविवाह नगरून् भनेर पनि मासिक रुपमा गाउँमा कसैको उमेर नपुगी विवाह भए/नभएको विषयमा छलफल गर्ने गरेको आमा समूहकी अध्यक्ष शोभा कुँवरले बताउनुभयो ।
“हाम्रो गाउँमा आमाहरुको स्वास्थ्य अवस्था कमजोर छ, अधिकांश बालविवाह गरेकाहरु छन्,” कुँवरले भन्नुभयो, “अब कम्तीमा बालविवाह नहोस् भनी २० वर्षअघि गर्भवती नहुने सल्लाह दिने गरेका छौँ ।”
आमा समूहले नियमित गर्भ परीक्षणलाई प्राथमिकतामा राखेको छ । पूर्ण खोपयुक्त वडा बनाउन पहल गरेको छ । तर खोप क्लिनिक निसीखोला पारि भएकाले नजिकमा पुल नहुँदा सास्ती भएको गुनासो उनीहरुको छ । समूहकी सदस्य भीमकुमारी खत्रीले भन्नुभयो, “खोप क्लिनिक टाढा भएको बहानामा कतिपयले खोप छुटाउने गरेका छन् ।” वडा नंं १ को खाडु भन्ने स्थानमा मात्रै यहाँको खोप क्लिनिक छ ।
क्लिनिक खोला पारि हुँदा बर्सातको समयमा खोला तर्न नसकिने हुँदा आमाहरु गर्भ जाँच गर्न नजाने, जोखिम मोलेरै घरमा बस्ने गरेका छन् । क्लिनिक कान्लेचौरमा पनि स्थापना गर्नुपर्ने उनीहरुको माग छ ।
नर्स र स्वास्थ्यकर्मीको आन्दोलन स्थगितः पारिश्रमिक र सेवा सुविधा कार्यान्वयनमा सहमति
शुक्रबार, कात्तिक २१, २०८२
सन् २००७ पछि जन्मिएका सबैका लागि सुर्ती ‘नो एण्ट्री’
शनिबार, कात्तिक १५, २०८२
ग्रान्डी अस्पतालका नर्सहरुलाई न्यायोचित पारिश्रमिक दिने निर्णय— आन्दोलन पक्ष र प्रशासनबीच सहमति
मंगलबार, कात्तिक ११, २०८२
देशभरका नर्स आजदेखि कालोपट्टी बाँधेर काममा खटिँदै
मंगलबार, कात्तिक ४, २०८२
