
नेपाल हेल्थ न्युज, काठमाडौँ । नेपालमा आहारपुरक, न्युट्रास्युटिकलको कारोबार गर्ने करिब ६ सय भन्दा बढी व्यवसायी रहेका छन् । उनीहरुले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा दर्ता गरेर मात्र व्यवसाय गर्नुपर्छ ।
नेपाल आहारपुरक सौन्दर्यवद्र्धक संघद्धारा माघ ५ गते राजधानीमा आयोजित व्यवसायिक सुरक्षा र चुनौति तथा बागमती प्रदेश शाखा गठन कार्यक्रमममा सम्बन्धित निकायका व्यक्तिहरुले अलिहेको चुनौति समाधानका लागि औषधि व्यवस्था विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग बीच समन्वयको आवश्यकता औंल्याए ।
सो अवसरमा विना दर्ता खाद्यपुरक र न्युट्रास्युटिकलको कारोबार गर्नेहरुलाई कडा भन्दा कडा कारवाही गरिने बताइएको छ । आवश्यक नपरेका व्यक्तिलाई खाद्यपुरक नलेख्न समेत चिकित्सकहरुलाई सुझाव दिइएको छ ।
खरीदको तुलनामा १० गुणा बढी मूल्य राखेर आहारपुरक र न्युट्रास्युटिकल बेच्न पाइन्छ ? कि पाइँदैन भन्ने कुरा पनि चिन्ताको विषय बनेको छ ।
पुरा भिडियो हेर्नुहोस्
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा. दास र डा. पोखरेललाई
मंगलबार, जेठ २६, २०८३
विश्व मस्तिष्क ट्यूमर दिवस २०२६, मस्तिष्क ट्यूमरबारे भ्रम र यथार्थ
सोमबार, जेठ २५, २०८३

