
नेपाल हेल्थ न्युज, काठमाडौँ । नेपालमा आहारपुरक, न्युट्रास्युटिकलको कारोबार गर्ने करिब ६ सय भन्दा बढी व्यवसायी रहेका छन् । उनीहरुले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा दर्ता गरेर मात्र व्यवसाय गर्नुपर्छ ।
नेपाल आहारपुरक सौन्दर्यवद्र्धक संघद्धारा माघ ५ गते राजधानीमा आयोजित व्यवसायिक सुरक्षा र चुनौति तथा बागमती प्रदेश शाखा गठन कार्यक्रमममा सम्बन्धित निकायका व्यक्तिहरुले अलिहेको चुनौति समाधानका लागि औषधि व्यवस्था विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग बीच समन्वयको आवश्यकता औंल्याए ।
सो अवसरमा विना दर्ता खाद्यपुरक र न्युट्रास्युटिकलको कारोबार गर्नेहरुलाई कडा भन्दा कडा कारवाही गरिने बताइएको छ । आवश्यक नपरेका व्यक्तिलाई खाद्यपुरक नलेख्न समेत चिकित्सकहरुलाई सुझाव दिइएको छ ।
खरीदको तुलनामा १० गुणा बढी मूल्य राखेर आहारपुरक र न्युट्रास्युटिकल बेच्न पाइन्छ ? कि पाइँदैन भन्ने कुरा पनि चिन्ताको विषय बनेको छ ।
पुरा भिडियो हेर्नुहोस्

झापाकी रोजिना दाहालः महाराजगञ्जबाट जनस्वास्थ्य विषयको स्नातकोत्तर तहमा टपर
सोमबार, असार २, २०८२
मञ्चको गीतबाट अस्पतालको शैयासम्मः चर्चित गायिका रचना रिमालको जीवनका कठिन पल
सोमबार, असार २, २०८२