
नेपाल हेल्थ न्युज, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही माघ २२ गतेदेखि देशव्यापी रूपमा सञ्चालन गर्ने 'ह्युमन पापिलोमा भाइरस' (एचपीभी) खोप अभियान–२०८१ का लागि विभिन्न जिल्लामा तयारी भइरहेको छ ।
पाठेघरको मुखमा लाग्ने क्यान्सर उन्मूलन गर्न एचपीभी खोप लगाइने मन्त्रालयले जनाएको छ । केही जिल्लामा खोप लगाउन योग्य छात्राको सङ्ख्या निर्धारण भइरहेको छ भने केही जिल्लामा खोप दिने स्वास्थ्यकर्मीलाई प्रशिक्षण कार्यक्रम भइरहेको छ ।
सिरहामा सिरहा नगरपालिका स्वास्थ्य शाखाको आयोजना एवम् जनस्वास्थ्य कार्यालय सिरहाको प्राविधिक सहयोगमा नगरभित्र खोप दिने स्वास्थ्यकर्मीलाई प्रशिक्षण दिइएको छ ।
त्यहाँ माघ २२ देखि २९ गतेसम्म नगरका ६० विद्यालयका कक्षा ६ देखि १० सम्मका र विद्यालयबाहिरका १० देखि १४ वर्षसम्मका साढे ७ हजार किशोरीलाई एचपीभी खोप लगाइने स्वास्थ्य शाखा प्रमुख मोहम्मद इद्रिस राइनले जानकारी दिनुभयो ।
एचपीभी खोप अभियानका लागि नगरका २२ वटै वडाका ३२ जना स्वास्थ्यकर्मीलाई तालिम दिइएको र यसअघि २१ जना स्वास्थ्य संस्थाका प्रमुखहरूलाई तालिम दिइएको छ ।
यसैबीच बाग्लुङमा ११ हजार ५ सय ५५ जना किशोरीलाई एचपीभी खोप लगाइने प्रदेश जनस्वास्थ्य कार्यालयले जनाएको छ । त्यहाँ माघ २२ देखि २८ गतेसम्म पहिलो चरणमा ६ पालिका र दोस्रो चरणमा ४ पालिकामा फागुन ३ गतेसम्म खोप लगाइनेछ ।
यस्तै तनहुँका १४ हजार बढी छात्रालाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप लगाइने भएको छ । सबै जिल्लामा हरेक विद्यालयमा खोप केन्द्र सञ्चालन गरी कक्षा ६ देखि १० सम्मका सबै छात्रा र विद्यालय नजाने १० देखि १४ वर्षसम्मका किशोरीलाई एचपीभी खोप प्रदान गरिनेछ ।
विद्यालय नभएका गाउँ, टोल र पिछडिएका समुदायको पहुँचका लागि थप खोप केन्द्रबाट एचपीभी खोप अभियान सञ्चालन गरिने मन्त्रालयको तयारी छ ।
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२
