
नेपाल हेल्थ न्युज, नेपालगञ्ज । केही दिनयता नेपालगञ्ज र आसपासका क्षेत्रमा शीतलहरसहित चिसो बढेपछि स्थानीय तहले ज्येष्ठ नागरिकलाई लक्षित गरी कम्बल वितरण सुरु गरेका छन् ।
आठ स्थानीय तह रहेको बाँकेका सम्बन्धित स्थानीय तहसँगको समन्वयमा पालिकाका विभिन्न चोकमा दाउरा बालेर आगो ताप्ने प्रबन्ध गरिएको जिल्ला विपद् व्यवस्थापन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जानकारी दिनुभयो।
जिल्लाको कोहलपुर नगरपालिकाका सबै वडाका एक सय ४० स्थानमा दाउरा वितरण गरेर आगो ताप्ने व्यवस्था मिलाइएको बताउँदै उहाँले विभिन्न पालिकामा हालसम्म चार सय ७५ कम्बल वितरण गरिएको उल्लेख गर्नुभयो ।
“कम्बल वितरण ज्येष्ठ नागरिकलाई लक्षित गरेर विपद् व्यवस्थापन समितिबाट उपलब्ध गराइएको हो । विगत पाँच दिनदेखि यसलाई अभियानका रूपमा सञ्चालन गरिरहेका छौँ”, ज्ञवालीले भन्नुभयो “अझै केहीदिन कम्बल वितरणलाई निरन्तरता दिनेछौँ । कतिपय ठाउँमा आज पनि कम्बल र दाउरा वितरण भइरहेका छन् ।” जानकी गाउँपालिकामा तीन सय ५० कम्बल वितरण भएको जानकारी दिँदै उहाँले पालिकाका छ वडामा दाउरासमेत वितरण भइरहेको बताउनुभयो।
केही दिनअघि बसेको जिल्ला विपद् व्यवस्था समितिको बैठकले जिल्लास्थित वन डिभिजन कार्यालयसँग सहुलियत दरमा दाउरा खरिद गरेर चिसोमा आगो ताप्ने प्रबन्ध गर्ने निर्णय गरेको थियो । अहिलेसम्म चिसो बढेपछि करिब ६० क्विन्टल दाउरा खरिद गरी जिल्लाका विभिन्न स्थानीय तहमा वितरण भएको छ ।
सूचना अधिकृत ज्ञवालीले अझै सबै पालिकामा वितरण भएको कम्बल र दाउराको विवरण सङ्कलन नभएको उल्लेख कतिपय पालिकामा केही दिनसम्म यो अभियानले निरन्तरता पाउने जानकारी दिनुभयो। अपुग भएमा थप पाँच सय कम्बल खरिद गरी पुनः वितरण गरिने उहाँले भन्नुभयो ।
बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले स्थानीय तहबाट लक्षित समुदायलाई कम्बल वितरण भइरहेको उल्लेख गर्दै चिसो बढेपछि निजी तथा सरकारी विद्यालय बन्द भएको जानकारी दिनुभयो ।
योनिमा हुने ब्याक्टेरियाले कसरी स्वास्थ्यमा सुधार ल्याउँछ
आइतबार, फागुन १७, २०८२
ठूला स्तनका कारण महिलाहरूले कस्ता समस्याहरूको सामना गर्छन् ?
शुक्रबार, फागुन १५, २०८२
चुनावी घोषणापत्रमा स्वास्थ्यको होडः कागजमै सीमित नहोस् स्वास्थ्यका सपना
बिहीबार, फागुन ७, २०८२
विश्व क्यान्सर दिवसमा भक्तपुर क्यान्सर अस्पतालको जनचेतना र क्यान्सर जाँच अभियान
बुधबार, माघ २१, २०८२
