
नेपाल हेल्थ न्युज, चितवन। उपचारका क्रममा अस्पतालबाट फरार भएका एक थुनुवालाई चितवन प्रहरीले पुनः पक्राउ गरेको छ।
लागुऔषध मुद्धामा पुस २३ गते पक्राउ परेका कालिका नगरपालिका–२ बस्ने २७ वर्षीय किरण चौधरी माघ ६ गते बकुलहर टाँडी अस्पतालबाट फरार भएका थिए। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार, चौधरीलाई माघ ३ गते अचानक ज्वरो आएपछि उपचारको लागि अस्पताल पठाइएको थियो।
चौधरी अस्पतालबाट फरार भएसँगै प्रहरीको खोजी सुरु भएको थियो। उनलाई माघ ९ गते, बुधबार, कालिका–३ स्थित थाङखोला सामुदायिक वनमा लुकी बसेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।
प्रकाशित मिति: बिहीबार, माघ १०, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३
‘नर्स ज्योती रानाभाटको जीवन बचाऔं’: नर्सिङ समुदायमा बढ्दो ऐक्यबद्धता
मंगलबार, साउन १९, २०८३ट्रेन्डिङ


