
नेपाल हेल्थ न्युज, चितवन। उपचारका क्रममा अस्पतालबाट फरार भएका एक थुनुवालाई चितवन प्रहरीले पुनः पक्राउ गरेको छ।
लागुऔषध मुद्धामा पुस २३ गते पक्राउ परेका कालिका नगरपालिका–२ बस्ने २७ वर्षीय किरण चौधरी माघ ६ गते बकुलहर टाँडी अस्पतालबाट फरार भएका थिए। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार, चौधरीलाई माघ ३ गते अचानक ज्वरो आएपछि उपचारको लागि अस्पताल पठाइएको थियो।
चौधरी अस्पतालबाट फरार भएसँगै प्रहरीको खोजी सुरु भएको थियो। उनलाई माघ ९ गते, बुधबार, कालिका–३ स्थित थाङखोला सामुदायिक वनमा लुकी बसेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।
प्रकाशित मिति: बिहीबार, माघ १०, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३ट्रेन्डिङ


