
नेपाल हेल्थ न्युज, काठमाडौँ । काठमाडौँको रातोपुलस्थित रहेको नेशनल बाथरोग सेन्टरले माघ महिनाभर निःशुल्क बाथरोग सम्बन्धी स्वास्थ्य परीक्षण गर्ने भएको छ ।
सेन्टरले सीआरपी, इएसआर, युरिक एसिड र सुगर निःशुल्क परीक्षण गर्ने जनाएको हो । सेन्टरकी बाथ रोग विशेषज्ञ डा. श्वेता नकर्मीका अनुसार बाथरोगको समयमै परीक्षण नगरेमा यसले दीर्घकालीन असर पुर्याउन सक्छ ।
हड्डीको संरचना बिग्रिनु, चल्न नसक्नु, दैनिक जीवनमा कठिनाइ हुने जस्ता समस्या हुनसक्ने बताउनुभयो । समयमा पहिचानका लागि परीक्षण आवश्यक रहेको बताउनुभयो ।
ढाड, घुँडा वा अन्य जोर्नी दुख्ने, बिहान उठ्दा जोर्नी अकडिने वा चलाउन गाह्रो हुने, हातखुट्टा सुन्निने वा कमजोर महसुस हुने लक्षण भएमा परीक्षण गराउन आवश्यक हुन्छ ।
प्रकाशित मिति: बिहीबार, माघ १०, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३
‘नर्स ज्योती रानाभाटको जीवन बचाऔं’: नर्सिङ समुदायमा बढ्दो ऐक्यबद्धता
मंगलबार, साउन १९, २०८३ट्रेन्डिङ


