
नेपाल हेल्थ न्युज, अछाम । अछाममा स्वास्थ्य बीमामा आवद्ध हुनेको सङ्ख्या ५९ हजार ३१ पुगेको छ । जिल्लामा हालसम्म स्वास्थ्य बीमा गर्नेको सङ्ख्या ५९ हजार ३१ रहेको स्वास्थ्य बिमा बोर्ड अछामले जनाएको छ ।
स्वास्थ्य बीमामा आवद्ध हुनेमा सबैभन्दा बढी साँफेबगर नगरपालिकाका रहेका छन् भने कम चौरपाटी गाउँपालिकामा रहेको छ । साँफेबगरमा बिमितको सङ्ख्या ११ हजार ५४ छ भने चौरपाटीमा बिमितको सङ्ख्या २ हजार ७ सय २१ रहेको छ ।
त्यस्तै, मङ्गलसेन नगरपालिकामा ८ हजार २१, तुर्माखाँद गाउँपालिकामा ८ हजार ४ सय ३१, कमलबजार नगरपालिकामा ६ हजार ५ सय १२, पञ्चदेवल विनायक नगरपालिकामा ५ हजार ६ सय १४ जना स्वास्थ्य बिमामा आवद्ध भएका छन् । यस्तै रामारोशन गाउँपालिकामा ४ हजार ६ सय ९८, ढकारी गाउँपालिकामा ४ हजार ६ सय २१, मेल्लेख गाउँपालिकामा ३ हजार ५ सय ९० र बान्नीगढी जयगढ गाउँपालिकामा ३ हजार ३ सय १९ जना स्वास्थ्य बिमामा बिमित रहेका छन् ।
पालिकाहरूको जनसङ्ख्याको आधारमा भने यो सङ्ख्या कम हो । स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरूले आफ्नो पालिकावासीलाई स्वास्थ्य बिमामा आवद्ध गराउन थप पहल गर्नुपर्ने देखिन्छ ।
स्वास्थ्य बिमामा आवद्ध भएमा ३ हजार ५ सय रुपैयाँ प्रिमियमले एक घर परिवारको ५ जना सदस्यले १ लाख सम्मका उपचार शुल्क पाउन सकिन्छ भने ५ जनाभन्दा बढी परिवार सदस्यका लागि ७ सय थप शुल्क लाग्ने गरेको स्वास्थ्य बिमा बोर्ड मङ्गलसेनका कर्मचारी तारामान केसीले बताउनुभयो ।

स्वास्थ्य पत्रकार मञ्चको अस्तित्व संकटमाः नेतृत्व विवादपछि सामूहिक बहिर्गमन
आइतबार, असार २२, २०८२
'म पनि सन्जिव तिवारी' अभियानमा चिकित्सकको साथः अवहेलनाको मुद्दामाथि चिकित्सा क्षेत्रको चासो
शुक्रबार, असार २०, २०८२
यो वर्ष ६० हजारभन्दा बढीलाई डेंगु संक्रमण हुन सक्ने उच्च जोखिम
शुक्रबार, असार २०, २०८२
नेपाल चिकित्सक संघका महासचिवलाई उच्च अदालतको कारण देखाउ आदेश
बिहीबार, असार १९, २०८२