
नेपाल हेल्थ न्युज, काठमाडौँ । आजको व्यस्त जीवनमा अधिकांश मानिसहरु आफ्नो निद्रासँग सम्झौता गरिरहेका छन् । कैयौँ दिनसम्म राम्रोसँग नसुतेर काम गर्छन । लामो समयसम्म यसरी काम गर्ने बानीले निद्रासम्बन्धी समस्या निम्त्याउन सक्ने चिकित्सकहरु बताउँछन् ।
त्यस्तै, तनाव, चिन्ता र अत्याधिक सोच आदि कारणले मानिसलाई राती निद्रा नलाग्ने समस्या हुन सक्छ । जसका कारण कतिपयले निद्राको औषधि लिन सुरु गर्छन् । लामो समय निद्राको चक्की खाँदा मस्तिष्कको स्वास्थ्यमा नराम्रो असर पर्ने स्वास्थ्य विज्ञहरूको भनाइ छ ।
के निद्राको औषधि खाने बानीले मानसिक रोग निम्त्याउन सक्छ ?
इन्सोमनिया (स्लिप डिसअर्डर) र निद्रा सम्बन्धी समस्यामा निद्राको चक्की फाइदाजनक मानिन्छ । तर, कसैलाई यसको लत बसेमा मानसिक समस्या हुनसक्ने खतरा रहन्छ ।
डाक्टरले छोटो समयका लागि निद्राको चक्की लिन सुझाएको अवस्थामा सुरक्षित मानिन्छ । यसले अनिद्राको समस्या निदान गर्न मद्दत पुर्याउँछ । साथै औषधिको सेवनले राम्रो निन्द्रा पर्ने, मूड स्विंग र एन्जाइटी जस्ता समस्याहरू पनि निको हुनसक्छ ।
तर, लामो समयसम्म नियमित औषधि खाने बानीले स्वास्थ्य समस्याको जोखिम हुनसक्छ ।
लामो समयसम्म निद्राको चक्की खाँदा हुने बेफाइदाहरु
लत बस्नु
लामो समयसम्म निद्राको चक्की खाने बानी लतमा परिणत हुन सक्छ । जसले हाई डोजको औषधि आवश्यक पर्न सक्छ । विस्तारै शरीर पूर्णरुपमा औषधिमा निर्भर हुनसक्छ ।

पुनः समस्या दोहोरिने
लामो समय औषधि प्रयोग गरेर अचानक औषधि लिन बन्द गर्दा पुनः अनिद्रा र एन्जाइटीको समस्या दोहोरिन सक्छ
स्मरणशक्तिमा हानि
कतिपय औषधिको सेवनले अत्याधिक निद्रा, भ्रम, स्मरणशक्ति कमजोर र ध्यान केन्द्रित गर्न कठिनाइ हुने जस्ता समस्या देखिन सक्छ । यसले मस्तिष्कसँग सम्बन्धित गम्भीर समस्याहरू निम्त्याउन सक्छ ।
मूड डिसअर्डर र एन्जाइटी
लामो समयसम्म निन्द्राको औषधि सेवन गर्दा मुड स्विङ् र मुड डिसअर्डर हुनसक्छ । निद्राका लागि शरीर औषधिमा निर्भर हुने भएकाले औषधि नपाउँदा एन्जाइटी हुनसक्छ ।
विज्ञहरूका अनुसार अनिद्राका लागि औषधी खानुको सट्टा कग्निटिभ बिहेवियर थेरापी लिनु बढी फाइदाजनक हुन्छ । यो उपचार क्रोनिक स्लिप प्रोब्लम्समा पनि लाभदायक छन । यस बाहेक, माइन्डफुलनेस, रिल्याक्सेशन टेक्निक र निद्राको स्वच्छता कायम गर्दा राम्रो निद्रा पर्न सक्छ ।
यदि तपाई धेरै दिनदेखि निद्रा नलाग्ने समस्याको सामना गर्दै हुनुहुन्छ भने आफ्नो जीवनशैलीमा परिवर्तन गर्नुहोस् । साथै, समयमै रोग पत्ता लगाउन तुरुन्तै चिकित्सकसँग परामर्श लिनुहोस् ।
(सिनियर कन्सल्ट्यान्ट, स्लीप मेडिसिन डा. सौरभ पाहुजा अमृता अस्पतालमा कार्यरत हुनुहुन्छ ।)
योनिमा हुने ब्याक्टेरियाले कसरी स्वास्थ्यमा सुधार ल्याउँछ
आइतबार, फागुन १७, २०८२
ठूला स्तनका कारण महिलाहरूले कस्ता समस्याहरूको सामना गर्छन् ?
शुक्रबार, फागुन १५, २०८२
चुनावी घोषणापत्रमा स्वास्थ्यको होडः कागजमै सीमित नहोस् स्वास्थ्यका सपना
बिहीबार, फागुन ७, २०८२
विश्व क्यान्सर दिवसमा भक्तपुर क्यान्सर अस्पतालको जनचेतना र क्यान्सर जाँच अभियान
बुधबार, माघ २१, २०८२
