
नेपाल हेल्थ न्युज, डोल्पा । डोल्पा जिल्ला अस्पताल देखि थप उपचारका लागि नेपालगन्ज पठाएको एक जना बिरामीको बिच बाटोमै मृत्यु भएको छ ।
बिरामी भएर उपचार तथा चेक जाँचको लागि जिल्ला अस्पताल दुनैमा बोकेर ल्याएका त्रिपुरासुन्दरि २ का २७ बर्षीय लाल प्रसाद बुढाको चेक जाँच आन्द्रामा समस्या भएकाले रिफर गरेको तर बुढाको बाटोमै मृत्यु भएको जिल्ला अस्पताल डोल्पाका डाक्टर अखण्ड उपाध्यायले जानकारी दिनुभयो ।
सुविधा सम्पन्न हस्पिटल नहुँदा बर्सेनि मानिसहरूको अकालमै मृत्यु हुने गरेको डाक्टर उपाध्यायले बताउनुभयो । रेडियोनेपाल
प्रकाशित मिति: शुक्रबार, माघ ११, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३
‘नर्स ज्योती रानाभाटको जीवन बचाऔं’: नर्सिङ समुदायमा बढ्दो ऐक्यबद्धता
मंगलबार, साउन १९, २०८३ट्रेन्डिङ


