
नेपाल हेल्थ न्युज, काठमाडौँ । काठमाडौँ विश्वविद्यालयको उपकुलपति बन्न शैक्षिक योग्यता स्नातकोत्तर भए पुग्ने भएको छ ।
उपकुलपति खोज तथा सिफारिस सम्वन्धी समितिले गत १६ माघमा कार्यविधि संसोधन गर्दै शैक्षिक योग्यता विद्यावारिधिको ठाउँमा स्नातकोत्तर राख्ने निर्णय गरेको हो ।
केयूमा मेडिकलबाट उपकुलपतिमा आवेदन दिन विद्यावारिधि अनिवार्य हुनुपर्ने कार्यविधि बनाइएको भन्दै डाक्टरहरूले असन्तुष्टि जनाएका थिए ।
हो ।विरोध बढ्दै जाँदा केयुका कुलपति समेत रहेका प्रधानमन्त्री केपी ओलीले समितिलाई मिलाएर लैजान संकेत गर्नुभए अनुरुप नै कार्यविधि संसोधन गरिएको सिफारिस समितिले जनाएको छ ।
समितिले नयाँ कार्यविधि सार्वजनिक गरेसंगै उपकुलपतिमा आवेदन दिन एक हप्ता म्याद थप गरिएको छ ।
प्रकाशित मिति: शुक्रबार, माघ १८, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३
‘नर्स ज्योती रानाभाटको जीवन बचाऔं’: नर्सिङ समुदायमा बढ्दो ऐक्यबद्धता
मंगलबार, साउन १९, २०८३ट्रेन्डिङ


