
नेपाल हेल्थ न्युज, धनगढी । सुदूरपश्चिम प्रदेशमा करिब डेढ लाख किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप दिइने भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा आज धनगढीमा आयोजित अभिमुखीकरण बैठकमा एचपिभी खोप अभियानबारे जानकारी दिइएको हो ।
बैठकमा स्वास्थ्य निर्देशक डाक्टर खगेन्द्र बमले प्रदेशका नौ वटै जिल्लामा यही माघ २२ गते देखि फागुन ४ गते सम्म एचपिभी खोप अभियान सञ्चालन हुने बताउनुभयो । उहाँले खोप अभियान अन्तर्गत १ लाख ५१ हजार २९१ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्ध सिकोलिन खोप दिने लक्ष्य रहेको बताउनुभयो ।
त्यसमध्ये विद्यालयमा रहेका ५ हजार ३९७ जना (६ कक्षा देखि १० सम्म) छात्रा र विद्यालय बाहिर रहेका १० वर्षदेखि १४ वर्ष उमेर समूहका १ लाख ४५ हजार ८९४ किशोरीलाई क्यान्सर विरुद्धको खोप दिने उहाँले जानकारी दिनुभयो ।
एचपिभी खोप अभियानका लागि प्रदेशभर २ हजार ८ सय जना स्वास्थ्यकर्मी र ५ हजार ६ सय जना स्वयम् सेवक परिचालनको व्यवस्था गरिएको स्वास्थ्य निर्देशक बमले बताउनुभयो । बैठकमा पत्रकार लगायत सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३


