
नेपाल हेल्थ न्युज, उदयपुर । उदयपुरको मदन भण्डारी आँखा अस्पतालले निःशुल्क मोतीबिन्दु शल्यक्रिया शिविर सम्पन्न गरेको छ।
कोशी प्रदेश सभा उपसभामुख सिर्जना दनुवारको प्रमुख अतिथ्यमा नेपाल नेत्र ज्योति सङ्घ उदयपुर मदन भण्डारी आँखा अस्पताल गाइघाट बोक्से वासवारीमा भएको शिविरमा ३२ जना मोतीबिन्दु भएका बिरामीहरूको निःशुल्क शल्यक्रिया गरिएको हो।
नेपाल आँखा अस्पताल, त्रिपुरेश्वर काठमाडौँको प्राविधिक सहयोगमा भएको निःशुल्क शल्यक्रिया शिविरमा उदयपुर, सुनसरी, खोटाङ सहित भारतका बिरामीहरूले समेत लाभ लिएका थिए । निःशुल्क रुपमा शिविर सञ्चालन गरेसँगै सेवा लिन आएका बिरामीहरूले खुसी व्यक्त गरेका छन्।
प्रकाशित मिति: सोमबार, माघ २१, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३
‘नर्स ज्योती रानाभाटको जीवन बचाऔं’: नर्सिङ समुदायमा बढ्दो ऐक्यबद्धता
मंगलबार, साउन १९, २०८३ट्रेन्डिङ


