
नेपाल हेल्थ न्युज, काठमाडौँ । त्रिवि शिक्षण अस्पतालको कार्यकारी निर्देशकमा वरिष्ठ क्रिटिकल केयर मेडिसिन विशेषज्ञ प्रा.डा. सुवासप्रसाद आचार्य नियुक्त हुनुभएको छ ।
कार्यकारी निर्देशक छनोट समितिले दिएको सिफारिसका आधारमा प्रा.डा. आचार्यलाई निर्देशकमा नियुक्त गरिएको हो । उहाँ अस्पतालमा क्रिटिकल केयर मेडिसिन विभागको प्रमुख हुनुहुन्छ ।
यस्तै, महाराजगञ्ज मेडिकल क्याम्पसको प्रमुखको जिम्मेवारी डा. सुरेश उप्रेतीलाई प्रदान गरिएको छ । यसअघि उहाँ सहायक क्याम्पस प्रमुख हुनुहुन्थ्यो ।
कार्यकारी निर्देशक छनोटका लागि गठित समितिले प्रारम्भिक चरणमा प्रा.डा. घनश्याम गुरुङ, सह प्रा.डा. गोपाल सेडाईं, प्रा.डा. नरमाया थापा र प्रा.डा. सुवासप्रसाद आचार्यलाई माघ २३ गते अन्तवार्ताका लागि बोलाइएको थियो । उहाँहरु मध्ये प्रा.डा. आचार्यलाई समितिले छनोट गरेको हो ।
प्रकाशित मिति: बिहीबार, माघ २४, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३
‘नर्स ज्योती रानाभाटको जीवन बचाऔं’: नर्सिङ समुदायमा बढ्दो ऐक्यबद्धता
मंगलबार, साउन १९, २०८३ट्रेन्डिङ


