
नेपाल हेल्थ न्युज, काठमाडौँ । काठमाडौं विश्वविद्यालयको उपकुलपतिका लागि २० जनाको आवेदन स्वीकृत भएको छ । पहिलो पटक पुस १८ मा आवेदन माग गर्दा १७ जनाको आवेदन परेकोमा १६ जनाको स्वीकृत भएको थियो ।
तर, केयूका मेडिकल संकायकाले कार्यविधिका कारण आवेदन दिन नपाएपछि १८ माघमा दोस्रो पटक आवेदन माग गर्दा ४ जनाको स्वीकृत भएको छनोट समितिले जनाएको छ ।
दोस्रो पटक आवेदन दिनेहरूमा प्रा.डा गेहनाथ बराल, प्रा.डा. गजेन्द्रप्रसाद कोजू, प्रा. डा. अजय रिसाल, प्रा. डा दिपक श्रेष्ठ हुनुहुन्छ ।
यससँगै अब केयूको भीसीमा २० जनाबीच प्रतिस्पर्धा हुनेछ । उम्मेदवारहरूले अन्तर्वार्तासँगै आफ्नो सोचपत्र पनि प्रस्तुत गर्नेछन् । सबै मूल्यांकन गरेपछि छनोट समितिले कुलपतिलाई ३ जनाको नाम सिफारिस गर्ने छ ।

प्रकाशित मिति: शुक्रबार, माघ २५, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३
‘नर्स ज्योती रानाभाटको जीवन बचाऔं’: नर्सिङ समुदायमा बढ्दो ऐक्यबद्धता
मंगलबार, साउन १९, २०८३ट्रेन्डिङ


