
नेपाल हेल्थ न्युज, काठमाडौँ । निजी मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकहरुले सरकारी सरह निर्वाह भत्ता पाउने भएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार चिकित्सा शिक्षा आयोगको आकस्मिक बैठक राखेर निजी मेडिकल कलेजका आवासीय चिकित्सक (एमडी/एमएस /एमडीएस) लाई सरकारी आवासीय चिकित्सक आठौँ तह सरह ४८ हजार ७ सय ३७ रुपियाँ निर्वाह भत्ता उपलब्ध गराउने निर्णय गरेको हो ।
नेपाल चिकित्सक संघले निजी मेडिकल कलेजका आवासीय चिकित्सकलाई आठौं तह बराबर निर्वाह भत्ता दिने र ड्युटी आवर हप्तामा अधिकतम ८० घण्टा हुने निर्णयलाई स्वागत गरेको छ ।
संघले आज जारी गरेको विज्ञप्तीमा भनिएको छ–‘यस निर्णयबाट आवासीय चिकित्सकको मनोबल उच्च हुनका साथै जीवनस्तरमा सुधार आउने, स्वास्थ्य सेवाको गुणस्तर वृद्धि हुने र चिकित्सकहरुको समपर्ण र पेशागत क्षमता अझ वृद्धि हुने विश्वास लिएका छौँ ।’

भेरी अस्पतालमा तनाव चुलियो—सुरक्षा नभएसम्म काम नगर्ने चिकित्सकको अडान, सेवा ठप्प
बुधबार, वैशाख १६, २०८३
विदेश उपचारमा ‘भीआईपी सुविधा’ खारेजः सर्वोच्चको ब्रेक
मंगलबार, वैशाख १५, २०८३



