नेभिगेशन

निजी मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकले सरकारी सरह निर्वाह भत्ता पाउने

नेपाल हेल्थ न्युज, काठमाडौँ । निजी मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकहरुले सरकारी सरह निर्वाह भत्ता पाउने भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार चिकित्सा शिक्षा आयोगको आकस्मिक बैठक राखेर निजी मेडिकल कलेजका आवासीय चिकित्सक (एमडी/एमएस /एमडीएस) लाई सरकारी आवासीय चिकित्सक आठौँ तह सरह ४८ हजार ७ सय ३७ रुपियाँ निर्वाह भत्ता उपलब्ध गराउने निर्णय गरेको हो ।

नेपाल चिकित्सक संघले निजी मेडिकल कलेजका आवासीय चिकित्सकलाई आठौं तह बराबर निर्वाह भत्ता दिने र ड्युटी आवर हप्तामा अधिकतम ८० घण्टा हुने निर्णयलाई स्वागत गरेको छ ।

संघले आज जारी गरेको विज्ञप्तीमा भनिएको छ–‘यस निर्णयबाट आवासीय चिकित्सकको मनोबल उच्च हुनका साथै जीवनस्तरमा सुधार आउने, स्वास्थ्य सेवाको गुणस्तर वृद्धि हुने र चिकित्सकहरुको समपर्ण र पेशागत क्षमता अझ वृद्धि हुने विश्वास लिएका छौँ ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट