
नेपाल हेल्थ न्युज, दार्चुला । भारत सरकारको आर्थिक सहयोगमा निर्मित दार्चुलाको नौगाड गाउँपालिकास्थित इयरकोट स्वास्थ्य चौकीको उद्घाटन गरिएको छ।
नेपाल–भारत विकास सहकार्य अन्तर्गत २ करोड ५३ लाख लागतमा निर्मित भवनको नौगाड गाउँपालिकाका अध्यक्ष दलजीत सिंह धामी र काठमाडौँस्थित भारतीय राजदूतावासका काउन्सिलर अविनाश कुमार सिंहले संयुक्तरूपमा उद्घाटन गर्नुभएको हो ।
कार्यक्रममा नौगाड गाउँपालिकाका अध्यक्ष र अन्य सरोकारवालाहरूले नेपालका जनताको उत्थानमा भारत सरकारले गरेको निरन्तर विकास सहयोगको प्रशंसा गर्नुभएको थियो । निर्माण गरिएको पूर्वाधार दुर्गम क्षेत्रका स्थानीयहरूलाई स्वास्थ्य सेवा सुविधा प्रदान गर्न उपयोगी हुने उनीहरूले विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा राजनीतिक प्रतिनिधि,सरकारी अधिकरी र सामाजिक कार्यकर्ताहरूको बाक्लो उपस्थित रहेको थियो।
प्रकाशित मिति: आइतबार, माघ २७, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३ट्रेन्डिङ


