
नेपाल हेल्थ न्युज, दार्चुला । भारत सरकारको आर्थिक सहयोगमा निर्मित दार्चुलाको नौगाड गाउँपालिकास्थित इयरकोट स्वास्थ्य चौकीको उद्घाटन गरिएको छ।
नेपाल–भारत विकास सहकार्य अन्तर्गत २ करोड ५३ लाख लागतमा निर्मित भवनको नौगाड गाउँपालिकाका अध्यक्ष दलजीत सिंह धामी र काठमाडौँस्थित भारतीय राजदूतावासका काउन्सिलर अविनाश कुमार सिंहले संयुक्तरूपमा उद्घाटन गर्नुभएको हो ।
कार्यक्रममा नौगाड गाउँपालिकाका अध्यक्ष र अन्य सरोकारवालाहरूले नेपालका जनताको उत्थानमा भारत सरकारले गरेको निरन्तर विकास सहयोगको प्रशंसा गर्नुभएको थियो । निर्माण गरिएको पूर्वाधार दुर्गम क्षेत्रका स्थानीयहरूलाई स्वास्थ्य सेवा सुविधा प्रदान गर्न उपयोगी हुने उनीहरूले विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा राजनीतिक प्रतिनिधि,सरकारी अधिकरी र सामाजिक कार्यकर्ताहरूको बाक्लो उपस्थित रहेको थियो।
प्रकाशित मिति: आइतबार, माघ २७, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३
‘नर्स ज्योती रानाभाटको जीवन बचाऔं’: नर्सिङ समुदायमा बढ्दो ऐक्यबद्धता
मंगलबार, साउन १९, २०८३ट्रेन्डिङ


