
नेपाल हेल्थ न्युज, काठमाडौँ । निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक बन्न ११ जनाले आवेदन दिएका छन् ।
अस्पताल विकास समिति गठन आदेश २०६४ को दफा ६ अनुसार कार्यकारी निर्देशकको नियुक्तिका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले माघ १० गते आवेदन खुला गरेको थियो ।
निर्देशक पदका लागि आवेदन दिनेहरुमा हालका कार्यकारी निर्देशक प्रा.डा. विधाननिधी पौडेल, डा. विशेष पौडेल, डा. मोहनचन्द्र रेग्मी, डा. अनुजजंग रायमाझी, डा. रुद्र मरासिनी, डा. प्रमोद यादव, डा. रविन खड्का, डा. श्रवण थापा, डा. रोशन न्यौपाने, डा. विश्वरमण पौडेल र डा. अजित खनाल हुनुहुन्छ ।
अस्पतालका हालका कार्यकारी निर्देशक डा. पौडेलको कार्यकाल फागुन २५ गतेबाट सकिँदै छ। निर्देशकका लागि कार्ययोजनासहित आवेदन दिएकाहरुको अन्तर्वार्ता हुनेछ। अन्तर्वार्तामा छनोट भएका तीन जनामध्येबाट एक जनालाई समितिले कार्यकारी निर्देशकमा नियुक्त गर्ने छ।
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा. दास र डा. पोखरेललाई
मंगलबार, जेठ २६, २०८३
विश्व मस्तिष्क ट्यूमर दिवस २०२६, मस्तिष्क ट्यूमरबारे भ्रम र यथार्थ
सोमबार, जेठ २५, २०८३


