
नेपाल हेल्थ न्युज, काठमाडौं । हालसम्म १३ लाख किशोरीहरुले पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप लगाएका छन् । माघ २२ गतेबाट शुरु भएको यो खोप अभियान फागुन ६ गतेसम्म चल्ने छ । सो अवधिमा १६ लाख ८८ हजार किशोरीलाई खोप लगाउने सरकारको लक्ष्य छ ।
हालसम्म झण्डै ७७ प्रतिशतले खोप लगाइसकेको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतम बताउनुुहुन्छ । उहाँले बाँकी किशोरीहरुलाई पनि एचपिभी खोप लगाउन आग्रह गर्नुभयो । खोप शाखा प्रमुख डा. गौतमले भन्नुभयो— पहिलो फेजमा केही कारण छुटेकाहरुलाई मौका छ । नजिकैको सरकारी स्वास्थ्य संस्थामा गएर खोप लगाउन र आफ्नो प्रति सुरक्षित गर्न अनुरोध गर्दछु ।’
उहाँले धेरै जनघनत्व भएका महानगरपालिका नगरपालिकामा खोप लगाउन चुनौति हुने गरेको बताउनुभयो । शुरुका दिनमा मधेशमा कभरेज निकै नै कम भएकोमा पछिल्लो दिनमा तीब्र गतिमा बढेको उहाँले जानकारी गराउनुभयो ।
सरकारले कक्षा ६ देखि १० सम्मका छात्राहरु र विद्यालय नजाने १० वर्षदेखि १४ वर्षसम्मका किशोरीहरुलाई एचपिभी खोप अभियान शुरु गरेको छ ।
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा. दास र डा. पोखरेललाई
मंगलबार, जेठ २६, २०८३
विश्व मस्तिष्क ट्यूमर दिवस २०२६, मस्तिष्क ट्यूमरबारे भ्रम र यथार्थ
सोमबार, जेठ २५, २०८३

