नेपाल हेल्थ न्युज, काठमाडौं । आज अन्तर्राष्ट्रिय वाल्यकाल क्यान्सर दिवस । हरेक वर्ष फेबु्रअरी १५ मा यो दिवस मनाउने गरिन्छ । यस दिनको उद्देश्य बाल्यकालको क्यान्सर बारे चेतना जगाउने र क्यान्सरबाट पीडित बालबालिका र उनीहरूका परिवारहरूलाई उपचार गर्न प्रोत्साहित गर्नु हो ।

अधिकांश बालबालिकाहरुलाई ल्युकेमिया, मस्तिष्कको क्यान्सर, लिम्फोमा, न्यूरोब्लास्टोमा, विल्म्स ट्युमर र हड्डीको ट्युमरहरू हुने गरेको पाइन्छ । बाल्यावस्थाको क्यान्सरले विश्वभरका बालबालिकालाई प्रभावित पारिरहेको छ ।
सन् २००२ मा चाइल्ड हुड क्यान्सर इन्टरनेशनलले पहिलो पटक यो दिवस मनाएको थियो । यो पाँच महाद्वीपका ९३ भन्दा बढी देशहरुमा मनाउने गरिएको छ ।
क्यान्सरको विश्वव्यापी वितरण
क्यान्सरको घटना र मृत्युदर देश अनुसार फरक फरक देखिन्छ । उच्च आय भएका देशहरूमा बालबालिकामा क्यान्सरको उपचारको पहुँच राम्रो भएकाले निको हुने दर ८५ देखि ९० प्रतिशतसम्म छ । तर, नेपालजस्ता निम्न र मध्यम आय भएका देशहरूमा यो दर निकै कम छ ।
नेपालमा बाल क्यान्सरको अवस्था
नेपालमा प्रत्येक वर्ष करिब १,५०० नयाँ क्यान्सरका बालबालिका थपिने गरेका छन् । तीमध्ये करिब ५० प्रतिशत बालबालिका मात्र उपचारको पहुँचमा रहेका छन् ।
चिकित्सकहरूको अभाव, जनचेतनाको कमी र आर्थिक समस्याका कारण धेरै बालबालिका उपचारबाट वञ्चित छन् । बालबालिकामा क्यान्सरको समस्या विश्वव्यापी रूपमा रहेको भएपनि निम्न र मध्यम आय भएका देशहरूमा यसको प्रभाव बढी देखिन्छ । नेपालमा पनि बाल क्यान्सरको उपचारमा विभिन्न चुनौतीहरू छन् जसलाई समाधान गर्न जनचेतना अभिवृद्धि, चिकित्सकीय पूर्वाधारको विकास र आर्थिक सहयोग आवश्यक छ ।
बेसिक स्यालरीको नाममा ठगी: नर्स आन्दोलनको ‘जित’ कि ‘जालझेल’?
आइतबार, चैत २२, २०८२
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
