
नेपाल हेल्थ न्युज, काठमाडौँ । स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदका लागि ११ जनाको दरखास्त स्वीकृत भएको छ। बोर्डको कार्यकारी निर्देशक पद नियुक्तीका लागि नाम सिफारिस गर्न गठित समितिले ११ जनाको दरखास्त स्वीकृत गरेकोे जनाएको छ ।
आवेदन दिनुहुनेहरुमा गंग प्रसाद जोशी, डा. शक्ति बस्नेत, राम प्रताप यादव, डा. सागर कुमार राजभण्डारी, राम प्रसाद पौडेल, शम्भु प्रसाद ज्ञवाली, कमल पन्थी, डा. कृष्ण प्रसाद अधिकारी, डा. प्रमोद कुमार यादव, होमनाथ न्यौपाने र डा. रघुराज काफ्ले हुनुहुन्छ ।
यसअघि माघ २४ गते स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान भएको थियो ।
समितिले ११ जनाको नाम सार्वजनिक गर्दै व्यावसायिक कार्य योजनासहित अन्तर्वार्ताका लागि बोलाएको छ । कार्य योजनाको अध्ययन र अन्तर्वार्तापश्चात् समितिले उम्मेदवारको सिफारिस गर्नेछ ।

प्रकाशित मिति: सोमबार, फागुन ५, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३
‘नर्स ज्योती रानाभाटको जीवन बचाऔं’: नर्सिङ समुदायमा बढ्दो ऐक्यबद्धता
मंगलबार, साउन १९, २०८३ट्रेन्डिङ


