
नेपाल हेल्थ न्युज काठमाडौँ । १४ वर्ष मुनिका क्यान्सर पीडित बालबालिकाहरूले निःशुल्क किमो औषधि पाउने भएका छन् । काठमाडौंको कान्ति बाल अस्पताल, ललितपुरको पाटन अस्पताल, भक्तपुरको भक्तपुर क्यान्सर अस्पताल र चितवनको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट बालबालिकाहरुले निःशुल्क औषधि प्राप्त गर्नेछन् । औषधिको वितरण मन्त्रालयको समन्वयमा स्वचालित प्रणालीबाट व्यवस्थित गरिने जनाइएको छ ।
डब्ल्यूएचओ, युनिसेफ र सेन्ट जोर्श रिसर्च सेन्टरबाट औषधि प्राप्त भएको छ, त्यसले हाम्रो अभियानलाई सहज ढङ्गबाट सञ्चालन र कार्यान्वयन हुन स्थिति बनेको स्वास्थ्य तथा जसंख्या मन्त्रालयमा आयोजित कार्यक्रममा स्वास्थ्य मन्त्री प्रदिप पौडेलले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो-यो मानवीय र भावनासँग जोडिएको कुरा भएकाले यसलाई व्यवस्थित ढङ्गबाट लक्षित समूहसम्म पुर्याउने काम हुन्छ । त्यसैले बालबालिकाको उपचार क्यान्सरको उपचारमा मात्रै होइन अन्यत्र पनि राज्यले सहयोग पुर्याउने गरी प्रावधानको प्रबन्ध गरिनुपर्छ भनेर भनिरहेका छौँ । त्यसैले कति सक्छौँ । अरू पक्षहरूबाट पनि कोसिस गरिरहेका छौँ । अहिले यी चार वटा अस्पतालबाट व्यवस्थित ढङ्गबाट सञ्चालन गर्ने प्रक्रियामा अस्पतालका कार्यकारी निर्देशक र मन्त्रालयले समन्वय गर्ने र सहयोगी संस्थाहरूबाट निःशुल्क औषधि उपलब्ध गराउने स्थिति बन्यो भने व्यवस्थित किसिमले कार्यान्वयन गर्ने अवस्था हुन्छ ।’

क्यान्सर पीडित बालबालिकाको निःशुल्क उपचारको अभियान तीन महिनादेखि कार्यान्वयन हुँदै आएको थियो । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) लगायत संस्थाहरूले औषधि उपलब्ध गराएपछि थप सहज भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय सचिव हरिप्रसाद मैनालीले औषधि आवश्यकताका आधारमा सर्वसुलभ रूपमा वितरण गर्ने व्यवस्था मिलाउने बताउनुभयो । उहाँले भनसुनको भरमा औषधि वितरण गर्ने नभई सिस्टमको आधारमा सेवा प्रवाह हुने बताउनुभयो । उहाँले सहयोगी संस्थाले पाँच वर्षका लागि निःशुल्क औषधिको व्यवस्था गर्ने भएकाले दीगोपनका लागि योजना बनाएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, ‘अब हामीलाई केही जिम्मेवारी पनि थपिएको छ । यसको गुण मेन्टेन गर्ने, डिस्टिब्युसन, रेकर्ड म्यानेजमेन्ट यी सबै कुराहरूमा मेडिसिनहरू छ यसलाई प्रपर रूपमा डिस्टिब्यूसन गर्ने । जो आवश्यक छ बालबालिकाहरूलाई कसैले भनसुन नगरीकन सिस्टमबाट प्रवाह हुने व्यवस्था यहाँहरूले मिलाउनु हुनेछ त्यो हाम्रो जिम्मेवारी हो । हामी मन्त्रालय, विभागलगायत अस्पतालहरूले यो जिम्मेवारी पूरा गर्नुपर्ने हुन्छ । त्यसै गरी अर्को महत्त्वपूर्ण पक्ष भनेको यसको दिगोपन पनि हो । ६ वटा राष्ट्रमध्ये नेपाल एउटा परेको छ,यो पाँच वर्षका लागि भनेको छ । त्यसपछि हामीले यसलाई कसरी सस्टेन गर्ने भन्ने विषयमा पनि हामीले अहिले देखिनै सोचविचार गर्नुपर्छ भन्ने मलाई लाग्छ र त्यो अनुसारको प्लानिङ पनि गएका छौँ ।’
ग्लोबल प्लेटफर्म फर एक्सेस टु चाइल्डहुड क्यान्सर मेडिसिन (जिपिएसिसिएम) ले आगामी पाँच वर्षका लागि ३५ प्रकारका अत्यावश्यक औषधि उपलब्ध गराउने भएको छ । संस्थाले बालबालिकाको क्यान्सर उपचारका लागि गुणस्तरीय औषधिहरूको निरन्तर आपूर्ति सुनिश्चित गर्ने र गुणस्तरीय औषधिको छनोटदेखि वितरणसम्मको प्रक्रियामा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । बालबालिकाका लागि क्यान्सर रोगको उपचारमा प्रयोग गर्ने औषधि हस्तान्तरण गरिएको हो ।
नेपालले ‘ग्लोबल प्लेटफर्म फर एक्सेस टु चाइल्डहुड क्यान्सर मेडिसिन्स’अन्तर्गत बालबालिकामा हुने क्यान्सर उपचारका लागि अत्यावश्यक ३ किसिमका औषधि पहिलो चरणमा प्राप्त गरेको थियो । बालबालिकालाई प्रयोग हुने क्यान्सरको औषधि दुई हजार तीन सयभन्दा बढी प्याक नेपाल आइपुगेको छ । विश्व स्वास्थ्य सङ्गठन नेपालस्थित कार्यालयले ‘सेंट जुड चिल्ड्रेन्स रिसर्च हस्पिटल’सँग समन्वय गरी औषधि खरिद गरेको हो । नेपाललाई सोऔषधि निःशुल्क उपलब्ध गराइएको हो ।
बेसिक स्यालरीको नाममा ठगी: नर्स आन्दोलनको ‘जित’ कि ‘जालझेल’?
आइतबार, चैत २२, २०८२
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
