नेपाल हेल्थ न्युज, वीरगञ्जः मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले वीरगञ्जस्थित नेपाल इण्डो हस्पिटल एण्ड आई सेन्टरलाई बन्द गर्न निर्देशन दिनुभएको छ ।

अनुगमन गर्ने क्रममा अस्पतालले अनुमति नलिइ सञ्चालन गरेको पाइएकाले अस्पतालमा उपचार गराइरहेका बिरामीको अन्यत्र स्थानान्तरण गरी पूर्णरुपमा बन्द गर्न निर्देशन दिएको जनाइएको छ । मुख्यमन्त्री सिंहले अस्पतालमा अन्य नयाँ कुनैपनि बिरामी भर्ना नलिन र पूर्णरुपमा अस्पताल बन्द गर्न निर्देशन दिनुभएको छ।
उहाँले अनुगमनको क्रममा अस्पतालहरुमा फोहोरको व्यवस्थापनमा लापरवाही गरेको भेटिएको र संक्रामक रोगको जोखिम बढ्ने हुँदा अस्पतालजन्य फोहोरको उचित व्यवस्थापन गर्न निर्देशन दिनुभएको छ
मुख्यमन्त्री सिंह नेतृत्वको टोली फागुन ८ गते वीरगञ्ज पुगेर नगरका विभिन्न ७ वटा निजी अस्पतालहरुको छड्के अनुगमन गरेको थियो ।
वीरगञ्जस्थित बसपार्क नजिक लिंक रोडमा रहेको भवानी हस्पिटल र बाइपासमा रहेको स्पर्श मल्टिस्पेशलिटी हस्पिटल प्रालिलाई नविकरण नगरेको पाइएकोले नविकरण गर्न निर्देशन दिइएको छ। श्री भवानी हस्पिटल एण्ड रिर्सच सेन्टर, प्रभु हस्पिटल, नेपाल इण्डो हस्पिटल एण्ड आई सेन्टर, सर्वोत्तम अस्पताल, आशाराम हस्पिटल, स्पर्श मल्टीस्पेस्यालिटी अस्पताल लगायत विभिन्न निजी अस्पतालहरुको अनुगमन गरिएको छ।
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३


