नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल रेडियोलोजिकल सोसाइटीले स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेललाई ज्ञापन पत्र बुझाएको छ।

नेपालमा रेडियोग्राफी सेवाका लागि छुट्टै नियमनकारी निकाय र संरचनाको स्थापना गर्नुपर्ने माग राख्दै सोसाइटीका अध्यक्ष मुकेश कुमार झाको नेतृत्वको टोलीले मन्त्री पौडेललाई सो ज्ञापन पत्र बुझाएको हो ।
ज्ञापन पत्रमा छुट्टै निकाय स्थापनासहित स्वास्थ्य मन्त्रालयले संगठन तथा व्यवस्थापन (ओएन्डएम) सर्वेक्षणमा रेडियोग्राफी सेवाको दरबन्दी सुनिश्चित गर्नुपर्ने, रेडियोग्राफरहरुको पेशागत सुरक्षाका लागि विकिरण तथा सुरक्षा जोखिम भत्ता सबैलाई उपलब्ध गराउनुपर्ने माग राखिएको छ ।
प्रकाशित मिति: बिहीबार, फागुन ८, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३
‘नर्स ज्योती रानाभाटको जीवन बचाऔं’: नर्सिङ समुदायमा बढ्दो ऐक्यबद्धता
मंगलबार, साउन १९, २०८३ट्रेन्डिङ


