नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको वेबसाइट ह्याक भएको छ । आफूलाई ‘क्याप्टेन स्मोकर ३ आर’ बताउने ह्याकर समूहले मन्त्रालयको वेबसाइट ह्याक गरेको हो ।

स्वास्थ्यमन्त्री प्रदीप पौडेलसहित कर्माचारीको नामसमेत परिवर्तन गरिएको थियो । हाल भने मन्त्रालयको वेबसाइट डाउन अवस्थामा छ ।
ह्याकबाट मन्त्रालयको डाटामा कति हानी भयो भन्ने यकिन भइसकेको छैन । मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले वेबसाइट फिर्ता ल्याउन प्रयास भइरहेको जानकारी दिनुभएको छ ।
प्रवक्ता डा.बुढाथोकीले वेबसाइट ह्याक भएको थाहा पाएपछि हिजै (बिहीबार) आईटी सेक्सनमा तत्काल ठीक गर्न निर्देशन दिएको र सूचना प्रविधि मन्त्रालयबाट बनाउनुपर्ने भएकाले समय लागेको जानकारी गराउनुभयो ।
कुख्यात ह्याकर ग्रुप क्याप्टेन स्मोकर ३आरले विशेषगरी सरकारी वेबसाइट र हाईप्रोफाइल संस्थाहरूलाई लक्षित गरी साइबर आक्रमण गर्दै आएको पाइन्छ । यस ग्रुपले वेबसाइटहरू ह्याक गरी आफ्नो ग्रुपको नाम, फोटो र टेलिग्राम लिङ्क राख्ने गरेको छ । विभिन्न अनुसन्धानकर्ताका अनुसार यो बङ्गलादेशी ह्याकर समूह थन्डर साइबर टिमु अन्तर्गत रहेको विश्वास गरिन्छ ।
पछिल्लो समयमा नेपालका सरकारी वेबसाइटमाथि निरन्तर आक्रमण भइरहेको छ । केही दिनपहिले मकवानपुरको थाहा नगरपालिकाको वेबसाइट ह्याक भएको थियो । यस्तै, कोशी प्रदेश सरकारको मुख्य डोमेनमा रहेका २१ भन्दा बढी सबडोमेन वेबसाइटहरू ह्याकरको कब्जामा रहेको पाइएको छ ।
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

