
नेपाल हेल्थ न्युज, राप्ती । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले सरकारको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गतको प्रयोगशाला तथा रेडियोलोजीका जाँचहरु स्थगित गर्ने निर्णय गरेको छ । औषधि वितरण पनि ३ महिनाबाट १ हप्तामा सिमित गरेको छ ।
स्वास्थ्य बीमा बोर्डबाट प्राप्त गर्नुपर्ने ११ करोड रुपियाँ रकमको भुक्तानी अनिश्चित भएपछि प्रतिष्ठानले फागुन १८ गतेदेखि लागू हुने गरी सो निर्णय गरेको हो ।
बिमित बिरामीलाई औषधि उपलब्ध गराउन र विभिन्न जाँचहरु गर्न आवश्यक केमिकलहरु खरिद गर्न प्रतिष्ठानमा सिर्जना भएको दायित्व ११ करोड रुपियाँ भन्दा बढी रहेको र बीमा बोर्डबाट उक्त रकमको भुक्तानी कहिले हुने भन्ने अनिश्चित रहेको प्रतिष्ठानले उल्लेख गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, फागुन ९, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
बी एन्ड बी अस्पतालमा ‘एकेबी लिम्ब फिटिङ सेन्टर’ उद्घाटन
सोमबार, माघ १२, २०८२
छैठौँ एपोन फुटसल कप २०२६ को उपाधि एसियन फर्मास्युटिकल्सलाई
शनिबार, माघ ३, २०८२ट्रेन्डिङ



