
नेपाल हेल्थ न्युज, राप्ती । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले सरकारको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गतको प्रयोगशाला तथा रेडियोलोजीका जाँचहरु स्थगित गर्ने निर्णय गरेको छ । औषधि वितरण पनि ३ महिनाबाट १ हप्तामा सिमित गरेको छ ।
स्वास्थ्य बीमा बोर्डबाट प्राप्त गर्नुपर्ने ११ करोड रुपियाँ रकमको भुक्तानी अनिश्चित भएपछि प्रतिष्ठानले फागुन १८ गतेदेखि लागू हुने गरी सो निर्णय गरेको हो ।
बिमित बिरामीलाई औषधि उपलब्ध गराउन र विभिन्न जाँचहरु गर्न आवश्यक केमिकलहरु खरिद गर्न प्रतिष्ठानमा सिर्जना भएको दायित्व ११ करोड रुपियाँ भन्दा बढी रहेको र बीमा बोर्डबाट उक्त रकमको भुक्तानी कहिले हुने भन्ने अनिश्चित रहेको प्रतिष्ठानले उल्लेख गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, फागुन ९, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३ट्रेन्डिङ

