नेपाल हेल्थ न्युज, नेपालगञ्ज । नेपालगञ्जको भेरि अस्पताल र काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालबीच मानव सङ्कलित नमूनाको प्रयोगशाला परीक्षणका लागि सम्झौता भएको छ ।

भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. निराजन सुवेदी र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा.रञ्जनराज भट्टले शनिबार सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको थियो । भेरी अस्पतालमा सबै नमूनाको परीक्षण सेवा नभएकोले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुसँग परीक्षणका लागि सहकार्य गरिएको बताइएको छ । साथै भेरी अस्पतालमा परीक्षण सम्भव नभएका नमुना निजी प्रयोगशालामा गर्दा बिरामीले ठुलो आर्थिक भार खेप्नु परेकोले सम्झौता गरिएको हो ।
स्याम्पलहरू भेरीमा सङ्कलन गरेर टेकु काठमाडौँ पठाउन चुनौती भए पनि त्यसको व्यवस्थापनका लागि हुलाक कार्यालय र एअरपोर्टसँग समन्वय भइरहेको भेरी अस्पताल नेपालगन्जले जनाएको छ ।
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा. दास र डा. पोखरेललाई
मंगलबार, जेठ २६, २०८३
विश्व मस्तिष्क ट्यूमर दिवस २०२६, मस्तिष्क ट्यूमरबारे भ्रम र यथार्थ
सोमबार, जेठ २५, २०८३


