नेपाल हेल्थ न्युज, नेपालगन्ज । भेरी अस्पतालको आइसियूलाई पूर्ण क्षमतामा सञ्चालन गरिएको छैन ।

१५ शैयाको आइसियू हाल १० शय्यामा मात्र सीमित रहेको छ । यसले गर्दा विपन्न र गरिब बिरामीले आवश्यक परेको बेला आइसियू बेड पाउँदैनन् । जसका कारण बिरामीहरुले महँगो शुल्क तिरेर निजीमा उपचार गराउनुपर्ने बाध्यता रहेको छ । पश्चिम नेपालको २४ जिल्लाबाट नेपालगन्जमा बिरामीहरू उपचारका लागि आउने गर्छन् ।
भेरि पश्चिम नेपालको प्रमुख रेफरल अस्पतालको रूपमा रहेकाले भेरी अस्पतालको आइसियूलाई पूर्ण क्षमतामा सञ्चालन गर्न नेकपा एमाले बाँकेले माग गरेको छ । भेरी अस्पतालको आइसियूलाई पूर्ण क्षमतामा सञ्चालनका लागि दवाव सिर्जना गर्न नेकपा एमाले बाँके क्षेत्र नं.२ का इन्चार्ज पशुपति दयाल मिश्रको संयोजकत्वमा भाष्कर काफ्ले, मोहित शाह, सरोज चौधरीसहितका सदस्य रहनेगरी समिति समेत गठन गरिएको छ ।
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

