नेपाल हेल्थ न्युज, नेपालगन्ज । भेरी अस्पतालको आइसियूलाई पूर्ण क्षमतामा सञ्चालन गरिएको छैन ।

१५ शैयाको आइसियू हाल १० शय्यामा मात्र सीमित रहेको छ । यसले गर्दा विपन्न र गरिब बिरामीले आवश्यक परेको बेला आइसियू बेड पाउँदैनन् । जसका कारण बिरामीहरुले महँगो शुल्क तिरेर निजीमा उपचार गराउनुपर्ने बाध्यता रहेको छ । पश्चिम नेपालको २४ जिल्लाबाट नेपालगन्जमा बिरामीहरू उपचारका लागि आउने गर्छन् ।
भेरि पश्चिम नेपालको प्रमुख रेफरल अस्पतालको रूपमा रहेकाले भेरी अस्पतालको आइसियूलाई पूर्ण क्षमतामा सञ्चालन गर्न नेकपा एमाले बाँकेले माग गरेको छ । भेरी अस्पतालको आइसियूलाई पूर्ण क्षमतामा सञ्चालनका लागि दवाव सिर्जना गर्न नेकपा एमाले बाँके क्षेत्र नं.२ का इन्चार्ज पशुपति दयाल मिश्रको संयोजकत्वमा भाष्कर काफ्ले, मोहित शाह, सरोज चौधरीसहितका सदस्य रहनेगरी समिति समेत गठन गरिएको छ ।
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३


