
नेपाल हेल्थ न्युज, काठमाडौँ । नेपाल नर्सिङ परिषद्ले लिएको प्रविणता प्रमाणपत्र तह (पीसीएल) नर्सिङ परिक्षामा ५९.८३ प्रतिशत पास भएका छन् । ३८ औँ नाम दर्ता (लाइसेन्स) परीक्षामा पिसिएलतर्फ ५९.८३ प्रतिशत पास भएका हुन् ।
परिषद्का रजिष्ट्रार शुक्ला खनालका अनुसार परीक्षाका लागि पीसीएल तर्फ कुल १ हजार ९७४ जनाले फारम भरे पनि १९ जना अनुपस्थिति थिए । परीक्षामा सहभागी १ हजार ९५५ जनामध्ये १ हजार १८१ जना (५९.८३ प्रतिशत) उत्तीर्ण भएका छन् ।
पिसिएल र बिएस्सीमा समग्रमा भने ५६.०१ प्रतिशत उत्तीर्ण भएका छन् । यस्तै बिएस्सी नर्स तर्फ कुल २५१ जनाले परीक्षाका लागि फारम भरे पनि शनिबार परीक्षाका बेला ७ जना अनुपस्थित थिए । रजिष्ट्रार खनालले बिएस्सी तर्फ कुल २४४ जनाले परीक्षा दिएकोमा १३१ जना (५२.१९ प्रतिशत) उत्तीर्ण भएको जानकारी दिनुभयो ।
यसैबीच परिषद्ले आइतबार सूचना जारी गर्दै नतिजा काउन्सिलको वेबसाइटमा लगइन गरेर वा नेपाल नर्सिङ परिषद्को सूचना पाटीमा पनि नतिजा हेर्न सकिने उल्लेख गरेको छ ।
सूचनामा परीक्षामा अनुत्तीर्ण परीक्षार्थीहरूले आगामी परीक्षामा सामेल हुन पाउने उल्लेख गरिएको छ ।
साथै, उत्तीर्ण भएका परीक्षार्थीहरूले रु १२०० भुक्तान गरेर प्रमाणपत्रका लागि आवेदन दिन सक्ने र प्रमाणपत्र लिन आउँदा परीक्षाको लागि पेस गरेको सम्पूर्ण शैक्षिक प्रमाणपत्रहरू लगायत नागरिकताको सक्कल प्रति लिएर आफू स्वयम् परिषद्मा आउनु पर्ने सूचनामा उल्लेख छ ।
योनिमा हुने ब्याक्टेरियाले कसरी स्वास्थ्यमा सुधार ल्याउँछ
आइतबार, फागुन १७, २०८२
ठूला स्तनका कारण महिलाहरूले कस्ता समस्याहरूको सामना गर्छन् ?
शुक्रबार, फागुन १५, २०८२
चुनावी घोषणापत्रमा स्वास्थ्यको होडः कागजमै सीमित नहोस् स्वास्थ्यका सपना
बिहीबार, फागुन ७, २०८२
विश्व क्यान्सर दिवसमा भक्तपुर क्यान्सर अस्पतालको जनचेतना र क्यान्सर जाँच अभियान
बुधबार, माघ २१, २०८२
