नेपाल हेल्थ न्युज, कञ्चनपुर । महाकाली आयुर्वेद औषधालय महेन्द्रनगरमा उपचार गर्न आउने बिरामीको सङ्ख्या दिनप्रतिदिन बढिरहेको छ ।

सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्तर्गत सञ्चालित औषधालयमा दैनिक ४० देखि ६० जनाले उपचार सेवा लिइरहेका महाकाली आयुर्वेद औषधालय कञ्चनपुरका कार्यालय प्रमुख डा.सूर्य प्रसाद उपाध्यायले जानकारी दिनुभयो ।
महाकाली आयुर्वेद औषधालयमा चालु आवको माघ मसान्तसम्म मात्रै ७ हजारभन्दा बढिले उपचार गरेको तथ्याङ्क छ ।
कुनै समयमा आयुर्वेदबाट स्वास्थ्य सेवा लिन बिरामीहरू न आउने गरेकोमा अहिले सेवा समेत विस्तार भएपछि प्रयोगशाला सेवा, पञ्चकर्म, पूर्व कर्म, योग सेवा, बाथ, स्त्रीरोग सेवा, सुगर, प्रेसर, बाबासिर लगायतका सेवाहरू प्रदान भइरहेको कार्यालयले जनाएको छ ।
डा.उपाध्यायले कतिपय बिरामीहरूले विभिन्न अस्पतालमा गएर उपचार गराउँदा समेत निको नभएपछि हामी कहाँ आएर उपचार गर्दा निको भएको बताउनुभयो ।
कार्यालयमा अहिले आवश्यकताअनुसार जनशक्ति, भौतिक संरचना अपुग भएकोले समय जनशक्ति र पूर्वाधारमा ध्यान दिन सके आयुर्वेदिक उपचार लिन सेवाग्राहीलाई सहजता हुने उहाँको भनाइ छ ।
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा. दास र डा. पोखरेललाई
मंगलबार, जेठ २६, २०८३
विश्व मस्तिष्क ट्यूमर दिवस २०२६, मस्तिष्क ट्यूमरबारे भ्रम र यथार्थ
सोमबार, जेठ २५, २०८३

