
नेपाल हेल्थ न्युज, काठमाडौँ । नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो (८औँ संस्करण) यही फागुन १५ गतेबाट काठमाडौँमा सुरु हुने भएको छ ।
एसडी प्रोमो मिडियाले ईईपीसी भारत र केमिकल एण्ड मेडिकल सप्लायर्स एसोसिएसन अफ नेपाल (केमसान) सँगको सहकार्यमा फागुन १५, १६ र १७ गते काठमाडौँको भृकुटीमण्डप प्रदर्शनी स्थलमा एक्स्पो गर्न लागेको हो । यस वर्ष एक्स्पोमा चिकित्सा तथा डायग्नोस्टिक क्षेत्रमा विश्वभरबाट नयाँ उत्पादनहरू र प्रविधिहरू ल्याइने बताइएको छ ।
उक्त एक्स्पोले भारत, नेपाल, बंगलादेश, सिंगापुर, मलेसिया, चीन, जर्मनी, पाकिस्तानलगायतका देशहरूबाट उच्च गुणस्तरका आपूर्तिकर्ताहरूलाई नेपालमा ल्याउनेछ, जसले नवीनतम डिजाइन, नवीनता तथा प्रविधि विकास प्रदर्शन गर्नेछन् ।
“नेपालको निरन्तर बृद्वि भइरहेको बजार आकारका कारण, स्वास्थ्य सेवा क्षेत्रमा नेपाल पनि तीव्र गतिमा बढिरहेको बजार बनेको छ,” आयोजकद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “नेपाल मेडिकल एण्ड ल्याब एक्स्पोले आफैंलाई यस्तो एकल उद्योग मञ्चको रूपमा स्थापित गरेको छ, जहाँ सम्पूर्ण उद्योग – राष्ट्रिय तथा अन्तर्राष्ट्रिय – एकै ठाउँमा भेला भई आपसी सहकार्य, बजार जानकारी आदानप्रदान, नवीन विचार आदानप्रदान तथा व्यवसाय गर्न सक्छन् ।”
यस एक्स्पोलाई केमिकल एण्ड मेडिकल सप्लायर्स एसोसिएसन अफ नेपाल (केमसान) इन्जिनियरिङ एक्सपोर्ट प्रमोसन काउन्सिल तथा एसडी प्रोमो मिडियाले सह–आयोजना गरेको छ ।
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३


