नेपाल हेल्थ न्युज लमजुङ । लमजुङमा ‘अफ्रिकन स्वाइन फिभर’ फैलिन नदिन उच्च सतर्कता अपनाइएको छ । सिमा जोडिएका कास्की, तनहुँ र गोरखामा सुँगुर, बंगुर र बँदेलमा देखिने अफ्रिकन स्वाइन फिवर रोग पुष्टि भएपछि लमजुङमा उच्च सतर्कता अपनाइएको हो ।

जिल्ला प्रशासन कार्यालय लमजुङले छिमेकी जिल्लामा सङ्क्रमण देखिएपछि जिल्लाभित्र सुँगुर, बङ्गुर ओसारपसारमा कडाइ गरेको छ । यो रोगको समयमै रोकथामका लागि बाहिरी जिल्लाबाट सुँगुर र बङ्गुर ल्याउँदा अनिवार्य रुपमा स्वास्थ्य प्रमाणपत्र लिएर मात्र ल्याउन प्रशासनले भनेको छ ।
यो रोग सङ्क्रमित सुँगुर र बङ्गुरबीच प्रत्यक्ष सम्पर्कबाट, रोगी बङ्गुरको र्याल, मलमूत्र, रगत, मासु र लसपस भएको दानापानीबाट, त्यस्ता बिरामी बङ्गुरको ओसारपसार वा किनबेच गर्दा, सङ्क्रमण भएको खोरमा काम गर्ने कामदार वा सङ्क्रमण भएको खोरमा गएको मानिसले प्रयोग गरेको लुगाकपडा, जुत्ताचप्पल आदिको प्रयोगबाट पनि सर्ने गर्दछ ।
यो रोग लागेका बङ्गुरहरु एकै ठाउँमा थुप्रिएर बस्ने, शरीरमा निला डाम देखापर्ने, कानका टुप्पामा रगत जमेका धब्बा देखिने, नाकबाट फिँज निकाल्ने, उच्च ज्वरो (१०४ देखि १०७ डिग्री फरेनहाइट) आउने, कान, पुच्छर र पेटको तल्लो भागको बाहिरी छाला रातो हुने, झोक्राउने, दानापानी खान छोड्ने, बान्ता गर्ने, छटपटाउने, धरमराउने र बच्चा तुहिनेजस्ता लक्षण देखा पर्दछ ।
लमजुङसँग सिमाना जोडिएका तनहुँ, कास्कीलगायतका जिल्लामा अफ्रिकन स्वाइन फिभरको सङ्क्रमणबाट ठूलो सङ्ख्यामा बङ्गुर मरेका छन् ।

बेसिक स्यालरीको नाममा ठगी: नर्स आन्दोलनको ‘जित’ कि ‘जालझेल’?
आइतबार, चैत २२, २०८२
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
