
नेपाल हेल्थ न्युज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जोरपाटीस्थित नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पतालको नवनिर्मित कलेज अफ डेन्टल साइन्स एण्ड हस्पिटल भवनको उद्घाटन गर्नुभएको छ । नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पतालको रजत जयन्तीका अवसरमा आयोजित कार्यक्रममा उहाँले कलेज अफ डेन्टल साइन्स एण्ड हस्पिटल भवनको उद्घाटन गर्नुभएको हो ।
सो कलेजले हालसम्म एमबिबिएसमा दुुई हजार दुुई सय ६२, बिडिएसमा तीन सय ३५, एमडी, एमएस र एमडिएसमा तीन सय २४ जना, विशिष्टीकृत सेवा अन्तरगत डिएम एमसीएचमा आठ, बिएस्सी नर्सिङ र एमएस्सी नर्सिङमा दुई सय आठ गरी स्थापनाकाल हालसम्म चार हजार ९८ जना दक्ष प्राविधिक जनशक्ति उत्पादन गरेको जनाइएको छ ।
कार्यक्रममा स्वास्थ तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल, प्रतिनिधिसभा सदस्यलगायत सहभागी हुनुहुन्छ ।
प्रकाशित मिति: मंगलबार, फागुन १३, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
रिपोर्ट विशेष
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३
‘नर्स ज्योती रानाभाटको जीवन बचाऔं’: नर्सिङ समुदायमा बढ्दो ऐक्यबद्धता
मंगलबार, साउन १९, २०८३ट्रेन्डिङ


