
नेपाल हेल्थ न्युज, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलले नीतिगत विषयहरुलाई पूर्णता दिने गरी काम भइरहेको बताउनुभएको छ ।
बिहीबार काठमाडौंमा २८ औ स्वास्थ्य सेवा दिवसको अवसरमा आयोजित समारोहमा उहाँले नीतिगत व्यवस्था गर्नुपर्ने विषयहरुका बारेमा ड्राफ्ट तयार गरिरहेको भन्दै स्वास्थ्य क्षेत्रलाई नीतिगत रुपमा व्यवस्थित गर्नेतर्फ लागेको बताउनुभयो ।
उहाँले भन्नुभयो–‘हामीले स्वास्थ्य सेवा ऐन पनि छिटै ल्याउँदै छौ । यसको साथै अन्य ऐनहरुको पनि तयारी गर्दै छौ । विकास समिति ऐनको तयारी भइरहेको थियो, औषधी ऐनको तयारी भइरहेको छ । गुणस्तर ऐनको तयारी भइरहेको छ । धेरै नीतिगत व्यवस्था गर्नुपर्ने विषयहरुका बारेमा ड्राफ्ट तयार गरिरहेका छौ । नीतिगत कामहरुलाई पूर्णतातर्फ लाने कामहरु गरिरहेका छौ ।’
साथै, उहाँले देशका जनशक्ति देशभित्र बस्न नचाहनु आजको सबैभन्दा ठुलो चुनौती भएको भन्दै यस क्षेत्रमा पनि अध्ययन आवश्यक रहेको बताउनुभयो ।
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा. दास र डा. पोखरेललाई
मंगलबार, जेठ २६, २०८३
विश्व मस्तिष्क ट्यूमर दिवस २०२६, मस्तिष्क ट्यूमरबारे भ्रम र यथार्थ
सोमबार, जेठ २५, २०८३

