
नेपाल हेल्थ न्युज, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलले नीतिगत विषयहरुलाई पूर्णता दिने गरी काम भइरहेको बताउनुभएको छ ।
बिहीबार काठमाडौंमा २८ औ स्वास्थ्य सेवा दिवसको अवसरमा आयोजित समारोहमा उहाँले नीतिगत व्यवस्था गर्नुपर्ने विषयहरुका बारेमा ड्राफ्ट तयार गरिरहेको भन्दै स्वास्थ्य क्षेत्रलाई नीतिगत रुपमा व्यवस्थित गर्नेतर्फ लागेको बताउनुभयो ।
उहाँले भन्नुभयो–‘हामीले स्वास्थ्य सेवा ऐन पनि छिटै ल्याउँदै छौ । यसको साथै अन्य ऐनहरुको पनि तयारी गर्दै छौ । विकास समिति ऐनको तयारी भइरहेको थियो, औषधी ऐनको तयारी भइरहेको छ । गुणस्तर ऐनको तयारी भइरहेको छ । धेरै नीतिगत व्यवस्था गर्नुपर्ने विषयहरुका बारेमा ड्राफ्ट तयार गरिरहेका छौ । नीतिगत कामहरुलाई पूर्णतातर्फ लाने कामहरु गरिरहेका छौ ।’
साथै, उहाँले देशका जनशक्ति देशभित्र बस्न नचाहनु आजको सबैभन्दा ठुलो चुनौती भएको भन्दै यस क्षेत्रमा पनि अध्ययन आवश्यक रहेको बताउनुभयो ।
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
