
नेपाल हेल्थ न्युज, रुपन्देही । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले अब व्यक्तिले गोजीबाट रकम निकालेर उपचार गराउने समय समाप्त हुने बताउँदै बिमा कार्डबाट उपचार सुनिश्चित गर्न कडाइ गर्नुपर्ने बताउनुभएको छ।
आज बुटवलमा आयोजित कार्यक्रममा उहाँले स्वास्थ्य बिमा कोषलाई सुरक्षित र बलियो बनाउँदै सर्वसाधारणलाई सेवा दिने व्यवस्था मिलाउनुपर्नेमा जोड दिनुभयो। मन्त्री पौडेलले स्वास्थ्यलाई राज्यको पहिलो प्राथमिकतामा राख्दै सरकारी अस्पतालमा दरबन्दी वृद्धि र निजी क्षेत्रको निरन्तर विस्तारलाई सन्तुलनमा ल्याउनुपर्ने धारणा राख्नुभयो ।
“स्वास्थ्य राज्यको मात्रै दायित्व हाे । अहिलेसम्म याे पहिलो प्राथमिकतामा परेन । सरकारी अस्पतालमा दरबन्दी बढेनन् निजी क्षेत्र फराकिलो बने । स्वास्थ्यलाई राज्यले जिम्मेवारी लिनुपर्छ अब । केही सुधारका काम भएको छन् ।” उहाँले भन्नुभयो” बिमा कोष सुरक्षित बनाएर जानुपर्छ । यसैबाट सर्वसाधारण सुरक्षित हुनेछन् स्वास्थ्य सेवाका लाग। अब बिमा कोष बनाउन बलियो संयन्त्र बनाउने हाे । राज्यले आम्दानी गर्ने ठाउँबाट पनि केही प्रतिशत याे कोषमा जाने गरी । स्वास्थ्यकर कोष बढाइनुपर्नेछ ।”
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२
