
नेपाल हेल्थ न्युज, रुपन्देही । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले अब व्यक्तिले गोजीबाट रकम निकालेर उपचार गराउने समय समाप्त हुने बताउँदै बिमा कार्डबाट उपचार सुनिश्चित गर्न कडाइ गर्नुपर्ने बताउनुभएको छ।
आज बुटवलमा आयोजित कार्यक्रममा उहाँले स्वास्थ्य बिमा कोषलाई सुरक्षित र बलियो बनाउँदै सर्वसाधारणलाई सेवा दिने व्यवस्था मिलाउनुपर्नेमा जोड दिनुभयो। मन्त्री पौडेलले स्वास्थ्यलाई राज्यको पहिलो प्राथमिकतामा राख्दै सरकारी अस्पतालमा दरबन्दी वृद्धि र निजी क्षेत्रको निरन्तर विस्तारलाई सन्तुलनमा ल्याउनुपर्ने धारणा राख्नुभयो ।
“स्वास्थ्य राज्यको मात्रै दायित्व हाे । अहिलेसम्म याे पहिलो प्राथमिकतामा परेन । सरकारी अस्पतालमा दरबन्दी बढेनन् निजी क्षेत्र फराकिलो बने । स्वास्थ्यलाई राज्यले जिम्मेवारी लिनुपर्छ अब । केही सुधारका काम भएको छन् ।” उहाँले भन्नुभयो” बिमा कोष सुरक्षित बनाएर जानुपर्छ । यसैबाट सर्वसाधारण सुरक्षित हुनेछन् स्वास्थ्य सेवाका लाग। अब बिमा कोष बनाउन बलियो संयन्त्र बनाउने हाे । राज्यले आम्दानी गर्ने ठाउँबाट पनि केही प्रतिशत याे कोषमा जाने गरी । स्वास्थ्यकर कोष बढाइनुपर्नेछ ।”
योनिमा हुने ब्याक्टेरियाले कसरी स्वास्थ्यमा सुधार ल्याउँछ
आइतबार, फागुन १७, २०८२
ठूला स्तनका कारण महिलाहरूले कस्ता समस्याहरूको सामना गर्छन् ?
शुक्रबार, फागुन १५, २०८२
चुनावी घोषणापत्रमा स्वास्थ्यको होडः कागजमै सीमित नहोस् स्वास्थ्यका सपना
बिहीबार, फागुन ७, २०८२
विश्व क्यान्सर दिवसमा भक्तपुर क्यान्सर अस्पतालको जनचेतना र क्यान्सर जाँच अभियान
बुधबार, माघ २१, २०८२
