
नेपाल हेल्थ न्युज, काठमाडौँ I सरकारले हालै दस वर्षदेखि १४ वर्षसम्मका किशोरीहरूलाई लगाएको पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप सुरक्षित र प्रभावकारी भएको जनाएको छ ।
आजको राष्ट्रिय सभाको बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले एचपिभी खोप आगामी वर्षदेखि सरकारको नियमित खोप कार्यक्रममा समावेश गरिने पनि जानकारी गराउनुभयो ।
मन्त्री पौडेलले यस वर्ष १४ लाख ४६ हजार छ सय एक किशोरीलाई एचपिभी खोप लगाइएको र १४ वर्षभन्दा माथिका किशोरीलाई पनि एचपिभी खोप लगाउनेबारे अध्ययन भइरहेको जानकारी दिनुभयो ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन सभासमक्ष पेश गर्नुभयो ।
यसअघि बैठकको शून्य समयमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । रेडियोनेपाल
आहारपूरकलाई औषधिको दायरामा राख्ने प्रस्तावप्रति व्यवसायीको आपत्ति
मंगलबार, साउन १२, २०८३
‘लेट्स ब्रेक इट’ अभियानः २०३० सम्म हेपाटाइटिस सी उन्मूलनको लक्ष्यमा नेपाल-डा. सर्वेश शर्मा
मंगलबार, साउन १२, २०८३


