
नेपाल हेल्थ न्युज, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नवनियुक्त सचिव डा. विकास देवकोटाले पदबहाली गर्नुभएको छ । उहाँले बिहिबार दिउँसो पदभार ग्रहण गर्नुभएको हो ।
बुधबार बसेको मन्त्रिपरिषदको बैठकले डा. देवकोटालाई सचिवमा नियुक्त गर्ने निर्णय गरेको थियो। डा. देवकोटा २०५३ सालमा मेडिकल अधिकृतका रुपमा स्वास्थ्य सेवामा प्रवेश गर्नुभएको थियो ।
डा.देवकोटाले स्वास्थ्य मन्त्रालय विभिन्न महाशाखा प्रमुख र मन्त्रालयको प्रवक्ताको भूमिका निर्वाह समेत गरिसक्नुभएको छ ।
यस्तै उहाँसँग लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवको अनुभव पनि छ ।
प्रकाशित मिति: बिहीबार, फागुन २२, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

