
नेपाल हेल्थ न्युज, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नवनियुक्त सचिव डा. विकास देवकोटाले पदबहाली गर्नुभएको छ । उहाँले बिहिबार दिउँसो पदभार ग्रहण गर्नुभएको हो ।
बुधबार बसेको मन्त्रिपरिषदको बैठकले डा. देवकोटालाई सचिवमा नियुक्त गर्ने निर्णय गरेको थियो। डा. देवकोटा २०५३ सालमा मेडिकल अधिकृतका रुपमा स्वास्थ्य सेवामा प्रवेश गर्नुभएको थियो ।
डा.देवकोटाले स्वास्थ्य मन्त्रालय विभिन्न महाशाखा प्रमुख र मन्त्रालयको प्रवक्ताको भूमिका निर्वाह समेत गरिसक्नुभएको छ ।
यस्तै उहाँसँग लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवको अनुभव पनि छ ।
प्रकाशित मिति: बिहीबार, फागुन २२, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३ट्रेन्डिङ


